पर्वत प्रशासनद्धारा त्रैमासिक प्रगति सार्वजनिक

37

पर्वत : जिल्ला प्रशासन कार्यालय पर्वतले पछिल्ला तीन महिनामा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरुको बारेमा जानकारी गराएको छ ।

त्रैमासिक रुपमा प्रमुख जिल्ला अधिकारी, बिभिन्न कार्यालयका प्रमुख र पत्रकारहरु संयुक्त रुपमा गरिने छलफल कार्यक्रमको अवसर पारेर प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले विवरणहरु सार्वजनिक गरेका हुन् । प्रजिअ आचार्यका अनुसार कात्र्तिक, मङ्सिर र पुस महिनामा सात सय ६३ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् भने आठ जनाले गैर आवासिय नागरिकताको प्रमाणपत्र र आठ सय ४५ जनाले नेपाली नागरिकताको प्रतिलिपि निकालेका छन् । सोही अवधिमा विद्युतीय राहदानीको लागि एक हजार सात सय आठ जनाले इनरोलमन्ट गरेकोमा एक हजार चार सय ९१ जनाले राहदानी पाएका छन् ।

९६ जनाका लागि दुर्त मार्गबाट राहदानी सिफारिस गरिएको थियो । तीन महिनामा दुई हजार एक सय ८२ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएकोमा एक हजार ७७ जनाको परिचयपत्र वितरण गरिएको छ । यस्तै ७६ वटा नाबालक परिचयपत्र वितरण, १० वटा संस्था दर्ता, ५६ वटा संघसंस्थाको नबीकरण, भारतीय पेन्सन सम्बन्धी चार सय ८५ वटा सिफारिस र बिविध प्रकारका चार सय ३५ वटा सिफारिस दिइएको छ ।

प्रजिअ आचार्यका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तदेखि पुस मसान्तसम्म विपद्बाट क्षति भएकाहरुलाई तत्काल संघ सरकार तथा प्रदेश सरकारबाट विपद् व्यवस्थापन कोषमा प्राप्त भएको रकममध्ये संघ सरकारबाट आठ घरपरिवारलाई चार लाख ६८ हजार रुपैयाँ र प्रदेश सरकारबाट सात घरपरिवारलाई चार लाख ४० हजार रुपैयाँ वितरण गरिएको छ । छलफल कार्यक्रममा सहभागी भएका बिभिन्न कार्यालयका प्रमुखहरुले चालु आर्थिक वर्षको छ महिनामा कार्यालयले लागू गरेका योजनामा भएको भौतिक तथा वित्तिय प्रगतिको बारेमा जानकारी गराएका थिए ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here