लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान, पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

28
Exif_JPEG_420

पर्वत । “लैङ्गिक हिंसा अन्त्यका लागि सामाजिक उत्तरदायित्व”विषयक अन्तरक्रिया कार्यक्रम शनिबार कुश्ममा सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सामुदायिक बन उपभोक्ता महासंघ पर्वतको आयोजनामा कार्यक्रम समपन्न भएको हो ।
गण्डकी प्रदेशका सांसद मित्रलाल बस्यालको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा जनप्रतिनिधि सहित गण्डकी प्रदेशका १० जिल्लाका अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र नभई ३ सय ६५ दिन नै सचेत ढंगले चलाउनु पर्ने बताए । उनीहरुले लैङ्गिक हिंसा अन्त्यका लागि सरकारले नयाँ कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । सामुदायिक बन उपभोक्ता महासंघ गण्डकी प्रदेश र डिभिजन वन कार्यलय पर्वतको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा अधिवक्ता भुवन पराजुलीले सहजिकरण गर्नुभएको थियो । सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मुना शर्माले लैङ्गिक हिंसा सम्बन्धी जिल्लाको कार्यपत्र प्रस्तुत गर्नुभयो । भने डिभिजन वन कार्यालय पर्वतका प्रमुख राम बहादुर वि.कले वनका बारेमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.क कास्कीका उपप्रमुख सरिता कुमाल, पर्वतका साहयक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य खुम प्रसाद शर्मा, गण्डकी प्रदेशका अध्यक्ष कालिका सुवेदी लगायतले मनतव्य राख्नुभएको थियो ।
जिल्ला अध्यक्ष जिवन उच्चै ठकुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत गण्डकी प्रदेशका उपाध्यक्ष किश्वर सापकोटाले र सञ्चालन सचिव मिठु शर्माले गर्नुभएको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here