उत्पीडित जातीय मुक्तिसमाज पर्वतको अध्यक्ष ओलीलाई ज्ञापनपत्र

55

पर्वतच । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्तिसमाज पर्वतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ बुँदे ज्ञापनपत्र बुझाएको छ । समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत पर्वतमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न पर्वत आएका ओलीलाई समाजले विभिन्न सुझाव सहितको ज्ञापनपत्र बुझाएको हो ।
समाजले बुझाएको ज्ञापनपत्रमा पार्टीका सबै तहको कमिटीहरुमा पदाधिकारी,सदस्यहरु उत्पीडित दलित समुदायका नेता कार्यकर्ताको समानुपातिक सहित थप प्रतिनिधित्वको व्यवस्था गर्न माग गरिएको छ ।
समाजले जातीय छुवाछुत र विभेद गर्ने र त्यसलाई प्रोत्साहीत गर्ने नेता तथा कार्यकर्तालाई कार्वाही गर्ने पार्टी नितिलाई कडाईका साथ कार्यान्वयन गर्न माग गरेको छ ।
यस्तै, उत्पीडित दलित समुदाय माथि भईरहेको जातीय छुवाछुत र भेदभावको पुर्ण अन्त्यको विशेष कार्ययोजना सहितको अभियान पार्टीको तर्फबाट सञ्चालन गर्न समेत माग गरिएको छ । दलित समुदायको पेशा, व्यवसाय, सीप र कलाको आधुनिकिकरण र व्यवसायीकरणका लागि राज्यको तर्फबाट उचित अनुदान र सहुलियत पुर्ण क्रृण उपलब्ध गराउँन पहल गर्न माग गरिएको छ ।
समाजका तर्फबाट पर्वत जिल्ला अध्यक्ष चन्द्र वि.क लगायत नेता तथा कार्यकर्ताले ज्ञापनपत्र बुझाएका हुन ।

सोही कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समाजले मायाको चिनोको रुपमा नरसिंह र अन्य अतिथिहरुलाई आसी र खुर्पेटो प्रदान गरेको थियो ।

(समाजले बुझाएको ज्ञापनपत्र )

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here