पर्वत र बागलुङ जोड्ने झोलुङ्गे पुल छेउमा सेल्फी खिच्नेक्रममा लडेर युवतीको मृत्यु

650

पर्वत र बागलुङ  जोड्ने नेपालकै लामो झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुलमा सेल्फी खिच्ने क्रममा लडेर १८ वर्षीया अप्सरा खातुनको घटनास्थलमै मृत्यु भएको पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

“प्रहरीले युवतीको घटनास्थलबाट उद्दार प्रयास गरेको थियो, लडेर भीरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो, झोलुङ्गे पुलको पर्वत खण्ड नजिकैको नेपाल टेलिकमको बोर्डबाट पुल तर्फ सेल्फीखिच्ने क्रममा लडेर १०० मिटर तल झरेको अवस्था हो” न्यौपानेले भन्नुभयो “लामो पुललाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्ने क्रममा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धान हो ।” घटनाको विषमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

मृतक खातुन भारत घर भई हाल बागलुङ बजार बस्दै आउनुभएको थियो । शवलाई पोष्टमार्टमा लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएकाे छ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here