महाशिला ६ फलामखानीमा भलिबल प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम हुदै

454

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा वडा स्तरिय पुरुष भलिबल प्रतियोगितासंगै विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्थानिय दिपशिखा युवा क्लबको आयोजनामा भदौ ७ देखि ९ गते सम्म कार्यक्रम हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुने समुहले ३० हजार, द्धितियले २० हजार र तृतिय हुने समुहले १० हजार साथमा शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष बिवेक रसाईलीले जानकारी दिए । खेलकुदको विकास र स्थानिय प्रतिभाको उजागर गर्न कार्यक्रमको आयोजना गरिएको रसाईलीले बताए ।

भलिबल प्रतियोगितामा सहभागि हुन चाहने समुहले भदौ ७ गते सम्म दर्ता गर्न सकिने खेल संयोजक हरि सुनारले जानकारी दिए ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here