निरन्तरको अविरल बर्षाका कारण महाशिला ५ लुंखुमा घर भत्कियो

858

पर्वत । निरन्तरको अविरल बर्षाका कारण महाशिला गाउँपालिका वडा नं ५ लुंखु आहालेमा एक घर भत्किएको छ । स्थानिय ७७ बर्षिय भविशराको बि.कको ढुङगा माटोले बनेको घर बुधबार बिहान भत्किएको हो । चर्किएको भित्तामा छानाबाट पानी छिरे पछि घरको अगाडीको भाग पुर्णरुपमा भत्किएको छ

बिहानको समयमा घर भत्किएकोले मानवीय क्षति भने नभएको वडाध्यक्ष चन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । मल्लले भत्किएको घरको मुचुल्का उठाएर राहतका लागी आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो ।

घर भत्किएको जानकारी पाएपछि भत्किएको घरको अवलोकन गरिएको र घरमा बस्नै नमिल्ने गरि क्षति पुगेको महाशिला गाउँपालिका उपाध्यक्ष धनसुवा बि.कले जानकारी दिनुभयो ।
पीडितको घर पुनर्निर्माण लागी पालिकाबाट आवश्यक सहयोग गरिने र थप सहयोगका लागि सम्बन्धित निकायमा पहल गरिने बि.कले बताउँनुभयो ।

घरमा ७७ बर्षिय भविशरा बि.कसंगै उनका नाति र नातिनी बस्दै आएका थिए । भत्किएको घरमा बस्न नमिल्ने भएपछि अहिले उनिहरु नजिकैको गोठमा बसेका छन् ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here