मुक्ति समाजको स्थापना दिवस : पर्वतमा जातिय भेदभाव विरुद्ध लाग्नेलाई सम्मान

15

नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज कुश्मा नगर कमिटीले आफ्नो ३६ औँ स्थापना दिवस मनाएको छ । एमाले पार्टी कार्यालयमा समाजले एक विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा समाजले जातीय विभेद अन्त्यका लागि पञ्चायतकाल देखि नै लाग्ने एमालेका पुराना नेता तोयनाथ चालिसे,गणेश पौडेल,प्रेम प्रसाद पौडेल र शान्ति नेपालीलाई सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद एवं नेकपा एमाले प्रमुख सचेतक पदम गिरीले अझै पनि समाजमा जातिय भेदभाव विद्यमान रहको बताउँदै अन्त्यका लागि सबै लाग्नु पर्ने बताउँनुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व तोयनाथ चालिसे, गणेश पौडेल, नेकपा एमाले पर्वतका अध्यक्ष राजु प्रसाद पौडेल, मुक्ति समाज पर्वतका उपाध्यक्ष निर्मल नेपाली लगायतले मनतव्य राख्नुभएको थियो । साथै सोही कार्यक्रममा समाजले शुभ दिपावली २०८० को अवसरमा आयोजना गरेको देउँसीभैलो कार्यक्रममा सहभागी कलाकार साथै सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेकोे थियो ।
मुक्ति समाज कुश्मा नगर कमिटि अध्यक्ष जित बहादुर विश्वकर्माको अध्यक्षता र स्वागतमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव विमला परियारले गनुभएको थियो ।
(भिडियो सामाग्री )
https://www.facebook.com/100075897006834/videos/243450468626294/

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here