पर्वत । श्री चण्डी श्रीकाङ्ग युवा क्लब फलेवास ११ श्रीकाङ्गले आयोजना गरेको तेस्रो पाङराङ श्रीकाङ्ग सुन्तला महोत्सबको चौथो दिन रत्यौली प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । रत्यौली प्रतियोगितामा प्रगतिशील आमा समूह प्रथम र देउराली आमा समुह द्वितीय भएका छ्न । प्रथम हुने समुहले ५ हजार प्रमाणपत्र र द्वितीय हुने समुहले ३ हजार र प्रमाणपत्र प्राप्त गर्ने छ्न ।
तेस्रो दिनका कार्यक्रम उदघाट्न गर्दै फलेवास नगरपालिकाका संस्थापक मेयर पदमपाणी शर्माले महोत्सवले समग्र फलेवासमा उत्पादित सुन्तला बजारीकरणमा टेवा पुग्ने बताउँनु भयो । उहाँले स्थानीय उत्पादनको बजारीकरणका लागि स्थानीय तहले पनि समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा फलेवास नगरपालिका कार्यपालिका सदस्य कला देवि नेपाली लगायत शुभकामना मनतब्य व्यक्त गर्नु भयो ।
उ
महोत्सवमा स्थानीय संगै चर्चित लोक तथा दोहोरी गायक बिमल राज क्षेत्रीको सांगेतिक प्रस्तुति रहेको थियो । श्री चण्डी श्रीकाङ्ग युवा क्लब का अध्यक्ष दिनेश कुंवरकाे अध्यक्षता, सचिव यमन कुंवरकाे स्वागत र पत्रकार दिपेश वि पोखरेलको सन्चालनमा सम्पन्न भएको थियो
प्रत्येक दिन १ लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता,स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति संगै मंसिर ३० गते सम्म महोत्सव संचालन हुने छ ।





