पर्वत । लायन बर्ष २०२३÷२४ शुरू भएर अध्यक्षहरुले पदभार ग्रहण गरेको अबसरमा डिस्ट्रिक्ट ३२५ आई अन्तर्गत पर्वतमा रहेका क्लबहरुले सरसफÞाई कार्यक्रम सम्पन्न गरेका छन । लायन्स क्लबहरु र नगरपालिकाको सयुक्त ब्यबस्थापनमा मध्य पहाडी लोकमार्ग अन्तरगत पर्ने डौडरे खोला देखी खरेहा गेट सम्म सरसफाई गरिएको हो ।
लायन्स क्लब अफ पर्वत गुप्तेश्वर,लायंड क्लब अफ पर्वत भूमेकोट,लायन्स क्लब अफ पर्वत सारथी र लियो क्लब अफ पर्वत गुप्तेश्वरले सयुक्त रूपमा डौडरे खोला देखी बान्द्रेबिडी सम्म सड़क र सडकका विच भागमा रहेका बँगैचा सरसफाई गरिएको रीजन चीयरपर्सन तथा लायन लीडर अर्जुन पौडेल निर्जनले बताउनूभयो । उहाँले सडकमा धेरै जसो प्लाष्टिक जन्य फोहोरहरु संकलन गरिएको बताउँनुभयो । पौडेलले सड़क सफÞाई र ब्यबस्थापन प्रति आम जनसमुदायलाई सचेतना जगाउने उद्देश्यका साथ कार्यक्रम गरीएको बताउँनुभयो । सरसफाई कार्यक्रममा डिस्ट्रिक्ट ३२५ आईमा धौलागिरी क्षेत्रका गभर्नर चन्द्रबहादुर केसी, लायन लीडर मूना शर्मा लामीछाने ,रीजन चीयरपर्सन अर्जुन पौडेल निर्जन ,जोन चीयरपर्सन ज्ञानेन्द्र जोशी लगायतको उपस्थिति सहभागिता रहेको थियो ।

यसैबीच बर्ष २०२३÷२४ का लागी लायन्स क्लब अफÞ पर्वत गुप्तेश्वरमा डासीराम अधिकारी,लायन्स क्लब अफÞ पर्वत भूमेकोटमा तेजेन्द्र पौडेल,लायन्स क्लब अफÞ गुप्तेश्वर मोदीमा यम मेघासी,लायन्स क्लब अफÞ पर्वत सारथीको संस्थापक अध्यक्षमा अनीता सापकोटा र लियो क्लब अफÞ पर्वत गुप्तेश्वरको अध्यक्षमा गÞौरब बी पौडेलले पदभार ग्रहण गर्नुभएको छ ।





