नेपाल सुनचाँदी व्यवसायी महासंघ पर्वतद्धारा पर्वत अस्पतालका विरामीलाई फलफुल वितरण

124

पर्वत । पर्वत अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको १० औँ स्थापना दिवसको अवसरमा पर्वत अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

संघ स्थापना भएको दश बर्ष पुरा भएको उपलक्ष्यमा अस्पतालमा भर्ना भएर उपचार गराईरहेका दश जना विरामीहरुलाई फलफुल वितरण गरेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघ पर्वत शाखाका अध्यक्ष ठाकुर वि. पौडेलले बताए । बिरामीहरुलाई स्याउ केरा र हर्लेक्स वितरण गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्याक्ष निर्मल विश्वकर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारी, पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरी, नेपाल सुनचाँदी व्यवसायी महासंघ पर्वत शाखाका सचिव राजेन्द्र सेन्चुरी, पूर्व अध्यक्ष लखन सुनार  लगायत पदाधिकारीहरुको टोलीले विरामीहरुको स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरेका हुन् ।

पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरीले फलफूल वितरण गरेर विरामीहरुको आत्मासँग जोडिने काम गरेको बताए । ‘यस्ता सहयोगले अस्पतालको बेडमा रहेका विरामी र सामाजिक संस्थाहरुबीच सम्वन्धलाई अझ मजबुत बनाउँछ,’ उनले भने ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ पर्वत शाखा सुनचाँदी व्यवसायीहरुको साझा संस्था हो । व्यवसायीहरुले हरेक बर्ष सामजिक उत्तरदायित्व अन्तर्गत जिल्लामा विभिन्न ठाउँमा सामजिक तथा रचनात्मक काम गदै आएको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here