दोहोरी गित प्रतिष्ठान पर्वतले गर्यो जनप्रतिनिधिलाई सम्मान

100

पर्वत । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाले पर्वतका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार खुर्कोटमा एक बनभोज सहितको कार्यक्रम आयोजना गरि जनप्रतिनिधिलाई सम्मान गरको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.क, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी,जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, पैँयु गाउँपालिकाका उपाध्यक्ष याम कुमारी राना कुश्मा नगरपालिका वडा ४ सदस्य सन्तोष कार्की लगायतलाई सम्मान गरिएको अध्यक्ष पुजा कार्कीले जानकारी दिनुभयो । उहाँले स्थानिय तहका प्रमुख÷उपप्रमुख प्रदेश तथा संघिय सांसदलाई सम्मान गर्ने कार्यक्रम रहेता पनि केही जनप्रतिनिधि उपस्थित नभएको बताउँनुभयो । कार्कीले यस कार्यक्रमले जनप्रतिनिधि र कलाकार विचको सामिप्यता बढाउँने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधिले लोक संस्कृति जर्गेनाका लागि महत्वपुर्ण भुमिका खेल्ने प्रतिवद्धता गरेका छन् ।

सम्मान तथा वनभोज कार्यक्रममा केन्द्र, प्रदेश तथा स्थानिय कलाकारहरुको उपस्थिति रहेको थियो भने कलाकारहरुले रमाइलो सांस्कृतिक प्रस्तुति राखेका थिए । प्रतिष्ठानका अध्यक्ष पुजा कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत प्रतिष्ठानका प्रथम उपाध्यक्ष सन्तोष सुवेदीले र सञ्चालन सचिव सुमन केसिले गर्नुभएको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here