दोहोरी गित प्रतिष्ठान पर्वतद्धारा विद्यालयलाई ‘वाटर डिस्पेन्सर’ लगायतका समाग्री प्रदान

103

पर्वत । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाले जलजला २ मल्लाजमा रहेको समाज कल्याण आधारभुत विद्यालयलाई वाटर डिस्पेन्सर लगायतका सामाग्री प्रदान गरको छ । आज एक कार्यक्रमका विच प्रतिष्ठानले विद्यालयका पुर्व विद्यार्थी एवम प्रतिष्ठानका सदस्य भिमराज परियारको सहयोगमा १ थान वाटर डिस्पेन्सर र प्रतिष्ठानका निवर्तमान अध्यक्ष दिपक गदालको सहयोगमा ४ थान डस्विन विद्यालयलाई प्रदान गरेको हो ।

विद्यार्थीहरुले जाडोको समयमा तातो तथा समान्य पानी खानसकुन भन्ने उदेश्यले वाटर डिस्पेन्सर र विद्यालयको फोहोर व्यवस्थापनका लागि डस्विन प्रदान गरिएको लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतका निवर्तमान अध्यक्ष दिपक गदाल बताउँनुभयो । उहाँले प्रतिष्ठानको छैठौँ अधिवेशनको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत मंसिर २२ गते यो कार्यक्रम रहेता पनि त्यस बेला विविध कारणले प्रदान गर्न नसकिएको र हाल प्रदान गरिएको जानकारी दिनुभयो । गदालले कलाकार नाच्ने गाउँने र मनोरञ्जन प्रदान गर्नेमा मात्रै सिमित नभई समाजिक काममा पनि जोडिनुपर्छ भन्ने हिसावले आफ्नो नेतृत्व हुदाँ विभिन्न सामाजिक काम गरेको बताउँनुभयो ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले आफ्नो गाउँपालिका भित्र रहेको विद्यालयमा सामाग्री प्रदान गरकोमा प्रतिष्ठानलाई धन्यवाद दिनुभयो । उहाँले प्रतिष्ठानले लोक संस्कृतिको जर्गेना संगै समाजिक काममा पनि अग्रसरता देखाएकोमा प्रशंसा गर्नुभयो । उहाँले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको बताउँनुभयो । आचार्यले गुणस्तरिय शिक्षाका लागि गाउँपालिकाले विशेष गुरुयोजना तयार पारेको समेत जानकारी दिनुभयो ।

साथै कार्यक्रममा सोही विद्यालयमा रहेको समाज कल्याण बाल क्लबलाई प्रतिष्ठानका अध्यक्ष पुजा कार्कीले बालबालिको क्षमता विकासका लागि प्रतिष्ठानको तर्फबाट ३ हजार रुपैया प्रदान गर्नुभयो । कार्कीले लोक संगितको जर्गेना संगै सामाजिक काममा पनि जोडदिने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा जलजला गाउँपालिका वडा नं २ का अध्यक्ष प्रकाश जिसी, जलजला गाउँपालिका शिक्षा अधिकृत त्रिविक्रम शर्मा, विद्यालयका पुर्व व्यवस्थापन समिति अध्यक्ष गोरे नेपाली, लोक तथा दोहोरी प्रतिष्ठान पर्वतका सचिव सुमन केसी विद्यार्थी अजय नेपाली र पुनम नेपाली लगायतले मनतव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थी तथा प्रतिष्ठानका कलाकारहरुले सांगितिक प्रस्तुति राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बागविर नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत विद्यालयका प्रधानध्यापक डम्बर बहादुर क्षेत्रीले र सञ्चालन शिक्षक इन्द्र बहादुर विश्वकर्माले गर्नुभएको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here