लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतको कुश्मामा विशेष सांगितिक कार्यक्रम सम्पन्न

114

पर्वत– राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतले शनिबार कुश्माको बान्द्रेवेणी चौरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम तथा लाइभ कन्सर्ट मनसुन अम्रेला फेस्टिबल भव्यताका साथ सम्पन्न भएको छ ।

कन्सर्टमा दर्शकहरूले चर्चित कलाकार तथा सांगीतिक समूहहरूको प्रस्तुतिमा नाच्दै–गाउदै मनोरञ्जन लिएका थिए ।
पछिल्लो समयका चर्चित ¥यापर शुदिप भण्डारी जि–बबसंगै एक दर्जन बढी लोक तथा दोहारी गायक गायिका र रिडम म्युजिक ग्रुप लगायत सबैले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकहरूलाई मनोरञ्जन दिएका थिए ।

गरिब, असहाय, दीर्घरोगी तथा प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोगको लागि कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष पुर्जा कार्की शर्माले बताउँनुभयो । कार्कीले आफ्नो संस्था लोक तथा दोहोरी गितको संरक्षण गर्ने भएता पनि फरक विधाका कलाकारलाई समेत समेटेर कार्यक्रम गरिएको बताउँनुभयो । उहाँले भन्नुभयो, ‘हामी सधै लोक दोहोरीकै संरक्षणमा लाग्छौ तर यो कार्यक्रम भने निस्वार्थ भावनाले दिन दुखीको सेवाका लागि राखिएकाले हामीले जति सक्दो दर्शक भित्र्याउँनु थियो, त्यसैले पनि दर्शकको रुचि अनुसार फरक विधाका कलाकारलाई आमन्त्रण गर्यौ ।’ यस सांगीतिक कार्यक्रमले कुश्माका दर्शकलाई मनोरञ्जन प्रदान गर्दै, देश विदेशमा रहेका सबैसँग फेसबुक लाइभमार्फत जोडिएर खुसी साटा साट गर्न सफल भएको कार्कीले बताउँनुभयो ।

सधै फरक ड्रेसमा देखिने जि–बबले कार्यक्रममा राष्ट्रिय पोशाकमा प्रस्तुति दिएका थिए । कार्यक्रममा पर्वतसंगै बाग्लुङ, बेनीका झण्डै ५ सय भन्दा बढि दर्शकहरुको उत्साह पुर्ण उपस्थिति रहेको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतका अध्यक्ष पुजा कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सन्तोष सुवेदी र सञ्चालन सचिव सुमन केसी र संचारकर्मी अर्जुन थापाले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन भने रिडम्स म्युजिक ग्रुपले गरेको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतले संस्कृतिको संरक्षण तथा नयाँ प्रतिभाको पहिचान प्रवर्द्धन गर्न विभिन्न साँस्कृतिक तथा सामाजिक कार्यक्रम गर्दै आइरहेको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here