नव आगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई अभिनन्दन

31

पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमलराज सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यालयका डीन डा। अजय थापाले आजको स्कुलको शिक्षाले ब्यावहारिक एवम् जीवनोपयोगी सीप हासिल गराउनु पर्ने र सो का निम्ति पोखरा आदर्श सेकेन्डरी स्कुल अब्बल रहेको धारणा राख्नुभयो। त्यसै विशिष्ट अतिथि वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले कला र गला प्रस्तुत गर्दै गीतबाटै विद्यार्थीहरुलाई पढ्न र लेख्न अभिप्रेरित गराउनुभयो।साथसाथै आफना केही सास्कृतिक प्रस्तुति मार्फत भरपुर मनोरञ्जन प्रदान गर्नुभयो।उक्त कार्यक्रममा उहाँलाई नेपाली लोकगीतको संरक्षण र उन्नयनका निम्ति अनवरत रूपमा साधना गरी अतुलनीय योगदान दिनुभएकोमा अभिनन्दन गरिएको थियो।

कार्यक्रममा माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख नारायण न्यौपाने , लेक सिटी कलेजका अध्यक्ष प्रा। डा विश्वकल्याण पराजुली लगायतको उपस्थिति रहेको थियो।पोखरा आदर्श सेकेन्डरी स्कुलका प्राचार्य फणिन्द्र प्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा कक्षा १० का छात्राहरुबाट स्वागत नृत्य प्रस्तुत भएको थियो भने कक्षा १२ का विद्यार्थीहरुले विभिन्न भाषामा स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयको स्कुल गीत ू नराम्रो सोचाइमा डुल्न हुँदैनू बोलको गीतको गायन तथा रचनाबाट विद्यालयमा अध्यापनरत नेपाली भाषा विषयका शिक्षक ज्ञानेश्वर सुवेदी, एवम् कलाकारहरु संस्कृति सुवेदी, रोधा तामाङ , अभिषेक आचार्य , अस्मित पराजुली , निरुता श्रीसलाई सम्मान गरिएको थियो। कार्यक्रममा कक्षा १२ र ११ मा अध्ययनरत विद्यार्थीहरुले गायन , नृत्य , कविता लगायतका प्रस्तुतिबाट भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।कार्यक्रममा कक्षा ११ बिज्ञान संकायकी छात्रा ऋचा अधिकारीले धन्यवाद मन्तव्य राखेकी थिइन् ।उक्त कार्यक्रममा औपचारिक कार्यक्रमको संचालन नेपाली भाषा विषय शिक्षक श्री ज्ञानेश्वर सुबेदीले गर्नु भएको थियो भने मनोरञ्जनात्मक कार्यक्रमको संचालन विद्यार्थीहरु भैरव सिर्पाली, नम्रता आचार्य , इश्वर रसाइली र आयुशा आचार्यले संयुक्त रूपमा गरेका थिए ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here