पर्वत । गणपति लघुवित्त वित्तीय संस्थाकाे शाखा कार्यालय कुश्मा पर्वतद्धारा आयाेजित एक दिने वित्तीय साक्षरता कार्यक्रम मंगलबार कुश्मा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्री दिनेश श्रेष्ठकाे प्रमुख आतिथ्यतामा कुश्मा पर्वतमा सम्पन्न भएकाे छ ।
प्रमुख अतिथि वडाध्यक्षले लघुवित्त कार्यक्रमले साना सानाे कर्जा लगानी गरि धेरैकाे जीवनमा सकारात्मक परिवर्तन गरेकाे, यसकाे बारेमा आफुले अध्ययन गर्दा धेरै राम्रो उदेश्यले स्थापना भई संचालन भएकाेले आजकाे याे वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीलाई सबैलाई महत्त्वपूर्ण बिषयहरुकाे ज्ञान लएर जान आग्रह गर्नुभयाे ।
संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि विशेष प्रस्तुती सहितकाे प्रशिक्षण संस्थाकाे तालिम, अनुपालना तथा प्रर्वतन विभाग प्रमुख प्रभुराज थापाले प्रदान गर्नुभयाे ।
साे क्रममा वित्तिय अनुशासन, पारिवार बजेट निर्माण, आम्दानी खर्च र वचतकाे व्यवस्थापन, कर्जाकाे महत्त्व र प्रयाेग, कानुनी अवधारणाका आधारमा कालाेसुचिमा पर्ने सम्मकाे अवस्था बारे सबैलाई ज्ञानमुलक सचेतना सामाग्री पस्कनु भएकाे थियाे । साथै प्रस्तुतीका क्रममा लघुवित्त सम्बन्धि भ्रम र यथार्थ सम्बन्धि समसामयिक बिषयबस्तुहरु सहभागीहरुले बुझ्ने गरि सरल भाषामा बुझाउनु भयाे ।
उक्त कार्यक्रममा शाखा कार्यालय कुश्मा अन्तर्गत संचालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख तथा वित्तिय संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गर्ने मध्ये बर्षका ३ उत्कृष्ठ व्यवसायिक ग्राहकलाई समेत कदर पत्रद्धारा सम्मान गरिएकाे थियाे । करिब ३० जना ग्राहक सदस्यहरुकाे सहभागिता रहेकाे वित्तीय साक्षरता कार्यक्रमकाे अध्यक्षता केन्द्र नं. १८९ कि सदस्य युगमाया गिरीले गर्नु भएकाे थियाे भने कार्यक्रमकाे संचालन शाखा प्रबन्धक गणेश गाैतमले गर्नु भयाे ।





