भँगरामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न : २५० जनाले गराए स्वास्थ्य परिक्षण

138

पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं ९ भँगरामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पर्वत भँगरा पोखरा सम्पर्क समाजको आयोजनामा दुर्गम स्वास्थ्य सेवा केन्द्र नेपाल र गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोगमा निशुल्के स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।
शिविरमा अन्य वडाका सहित २५० जना भन्दा वढीले स्वास्थ्य परिक्षण गरेका थिए । विरामीहरुको अवस्था हेरी निःशुल्क औषधि वितरण गरिएको सम्पर्क समाजका अध्यक्ष खड्क बहादुर पौडेलले जानकारी गराए । अध्यक्ष पौडेलका अनुसार निःशुल्क स्वास्थ्य शिविर तेश्रो पटक भएको बताए । निःशुल्क स्वास्थ्य शिविरले गाउँबाट शहर गई उपचार गर्न कठिन भएका विरामीहरुलाई विशेष राहत पुग्ने र थाहा नभएका रोगको पहिचान हुने भएकोले पुनः माग अनुसार शिविर सञ्चालनमा ल्याएको उनले भने ।
शिविरमा जनरल फिजिशियन, दन्त रोग, स्त्रि रोग सम्बन्धि उपचार गरिएको थियो । गण्डकि मेडिकल कलेज पोखराका दक्ष डाक्टर तथा प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा परिक्षण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि फलेवास नगरपालिकाका वडा अध्यक्ष हितमान गुरुङ समाजका संस्थापक अध्यक्ष हुतराज गुरुङ, कार्यक्रम सयोजक तथा निबर्तमान अध्यक्ष नबिन क्षेत्री, सल्लाहाकार ओम बहादुर पौडेल क्षेत्री, महाशिला गाउ पालिका वडा नं.६ का वडा अध्यक्ष गोबिन्द बहादुर बिक दुर्गम स्वास्थ्य सेवा नेपालका कोडिनेटर धर्म राज खडका लगायतले आफ्नो धारणा राखेका थिए । समाजका अध्यक्ष खडक बहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देव बहादुर पौडेल क्षेत्रिले स्वागत मन्तब्य र सचिव अग्नि प्रसाद भुसालले कार्यक्रम संचालन गरेका थिए ।

[sidebar name="After post"]