गुप्तेश्वर बहुमुखी क्याम्पसको ३१ औं बार्षिकोत्सव सम्पन्न

22

पर्वत । कुश्मा बजार स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको ३१ औँ वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न भएको छ । उक्त अवसरमा छात्रवृति वितरण, पुरस्कार वितरणसंगै शैक्षिक उन्नयनका सवालमा छलफल भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले गुप्तेश्वर क्याम्पस र शिवालय क्याम्पसको मर्जरमा जोड दिनुभयो । यस्तै प्राविधिक शिक्षा सञ्चालन गरि पलायन भैरहेको यूवा पुस्तालाई रोक्नुपर्नेमा पनि वक्ताहरुले सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले धेरै लामो विरासत बोकेको गुप्तेश्वर वहुमुखी क्याम्पस यस क्षेत्रकै अग्रणी शैक्षिक धरोहर रहेको बताउनुभयो । गुप्तेश्वर क्याम्पस र शिवालय क्याम्पसको बिचमा मर्ज गर्ने तयारी भैरहेकोमा खुशी व्यक्त गर्दै जोशीले यसका लागि आवश्यक प्रक्रियामा नगरपालिका संधै सकारात्मक सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभयो । नगरप्रमुख जोशीले पछिल्लो समय यूवा पुस्ताको विदेश पलायन बढेकालाई यसलाई रोक्न देशमै रोजगारी सृजना हुने खालको शिक्षा दिनुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति डा. चुडामणी शर्माले शैक्षिक विकासमा कुनै पनि राजनीति गर्न नहुने भन्दै शिक्षा क्षेत्रमा राज्यले विशेष जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा माओबादी केन्द्रका प्रतिनिधी शंकर गिरी, क्याम्पस मर्ज समितिका संयोजक गोबिन्द पहाडी, शिवालय वहुमुखी क्याम्पसका अध्यक्ष हरिओम शर्मा लामिछाने, गुप्तेश्वर क्याम्पसका पूर्व अध्यक्षहरु लोकनाथ आचार्य, मथुराकुमार जोशी,क्याम्पस प्रमुख सुभास पन्त, स्ववियू सभापति सतिस रेग्मी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सहायक क्याम्पस प्रमुख ओमकार गिरीले गर्नुभएको थियो । कुश्मा बजार स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको ३१ औँ वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न भएको छ । उक्त अवसरमा छात्रवृति वितरण, पुरस्कार वितरणसंगै शैक्षिक उन्नयनका सवालमा छलफल भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले गुप्तेश्वर क्याम्पस र शिवालय क्याम्पसको मर्जरमा जोड दिनुभयो । यस्तै प्राविधिक शिक्षा सञ्चालन गरि पलायन भैरहेको यूवा पुस्तालाई रोक्नुपर्नेमा पनि वक्ताहरुले सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले धेरै लामो विरासत बोकेको गुप्तेश्वर वहुमुखी क्याम्पस यस क्षेत्रकै अग्रणी शैक्षिक धरोहर रहेको बताउनुभयो । गुप्तेश्वर क्याम्पस र शिवालय क्याम्पसको बिचमा मर्ज गर्ने तयारी भैरहेकोमा खुशी व्यक्त गर्दै जोशीले यसका लागि आवश्यक प्रक्रियामा नगरपालिका संधै सकारात्मक सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभयो । नगरप्रमुख जोशीले पछिल्लो समय यूवा पुस्ताको विदेश पलायन बढेकालाई यसलाई रोक्न देशमै रोजगारी सृजना हुने खालको शिक्षा दिनुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति डा. चुडामणी शर्माले शैक्षिक विकासमा कुनै पनि राजनीति गर्न नहुने भन्दै शिक्षा क्षेत्रमा राज्यले विशेष जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा माओबादी केन्द्रका प्रतिनिधी शंकर गिरी, क्याम्पस मर्ज समितिका संयोजक गोबिन्द पहाडी, शिवालय वहुमुखी क्याम्पसका अध्यक्ष हरिओम शर्मा लामिछाने, गुप्तेश्वर क्याम्पसका पूर्व अध्यक्षहरु लोकनाथ आचार्य, मथुराकुमार जोशी,क्याम्पस प्रमुख सुभास पन्त, स्ववियू सभापति सतिस रेग्मी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सहायक क्याम्पस प्रमुख ओमकार गिरीले गर्नुभएको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here