पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं ८ को वडा कार्यालयमा स्थानिय युवाहरुले ताला लगाएका छन् । स्थानिय युवाहरुले वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहमा ढिलासुस्ती भएको भन्दै ताला लगायका हुन् ।
स्थानिय युवा क्लबले गत वर्ष आयोजना गरेको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रममा वडा कार्यालयको तर्फबाट बोलेको रकम एक वर्ष वित्न लाग्दा पनि भुक्तानी नभएकाले वडा कार्यालयमा बालाबन्दी गर्नु परेको चुवा युवा क्लबका अध्यक्ष निरब क्षेत्रीले बताए । क्षेत्रीले भुक्तानीका लागि बारम्बार ताकेता गर्दा पनि वडा अध्यक्षले वेवास्ता गरेको बताए । क्षेत्रीले भने,“हामीले वडा कार्यालयबाट बोलेको रकम अनुसार कार्यक्रम आयोजना गरेर समपन्न गर्यौ । तर वडा कार्यालयबाट अहिले सम्म पनि रकम भुक्तानी नहुदाँ हामी अप्ठ्यारोमा परेका छौ ।”
वडा अध्यक्ष सुरेन्द्र केसीलाई यस विषयमा जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।





