पर्वतको मुडिकुवाका २३ वर्षिय युवा तीन दिनदेखि सम्पर्कबिहीन

94

पर्वतको फलेवास नगरपालिकाका एक युवा विगत तीन दिनदेखि सम्पर्कबिहीन भएका छन्
फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा लामो समयदेखि पर्वत सामुदायिक खाद्य प्रशोधन उद्योग संचालन गर्दै आएका थानेश्वर भुसालका छोरा २३ बर्षिय विक्रम भुसाल गत मंगलवार विहान साढे ७ बजेदेखि सम्पर्क बिहीन बनेका हुन् ।
मंगलवार विहान उठेर घरवाट निस्किएका उनि अहिलेसम्म पनि सम्पर्कमा नआएका हुन् । घर परिवार र आफन्तहरुले सम्भावित सवै ठाउँमा खोजी गर्दा समेत उनको अवस्था पत्ता लगाउन नसकिएको छिमेकी दिनेश लामिछानेले जानकारी दिनुभयो । राती दाजुभाई सँगै सुतेको र विहान साढे सात बजेतिर एक्कासी उठेर मोवाईल र ज्याकेट समेत नलगाई हिडेको परिवारले जनाएको छ । उनि कक्षा १२ पढेपछि घरमै बस्दै आएका थिए ।
खोजीका लागि हुलिया सहित प्रहरीमा समेत उजुरी दिईएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले मातहतका सवै स्थानमा खोजीका लागि पत्राचार गरेको छ ।
घरको जेठो सन्तान हराएपछि भुसाल परिवार चिन्तित बनेको छ । उनिहरुले सवैलाई खोजी गरिदिन सामाजिक सञ्जालमार्फत अपिल समेत गरेका छन् ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here