संगठित श्रमिक वालवालिका वालमैत्रीको पहिलो खुडकिला

92

फलेबास नगरपालिका वालमैत्री स्थानीय शासन निर्माणको सिलसिलामा रहेको छ। निति निर्माण संगसगै राज्यले निर्धारण गरेको सूचक पुरा गर्नुपर्ने छ । वालमैत्री नगरपालिका घोषणा पुर्व सवै खाले क्षेत्रवाट सकारात्मक सहयोग आवश्यक रहन्छ र यस्लाई कार्यान्वयन गर्ने अभियानको अभियान्ता उतिकै जिम्मेवार हुनु आवश्यक छ। टोल वडा हुंदै पालिका स्तरीय वाल सन्जाल प्रमुख छ तथापि पहिला वालमैत्री सूचकांक हाम्रो तह पहिचान र अध्यावधिक गर्नु आवश्यक छ। काम गर्नको लागी नितिगत स्पस्ट धारणा निर्माण गरी अगाडि वड्नुपर्दछ।
बाल सहभागिता र ससक्तिकरणको लागी बालक्लव:-
बालबालिकाहरूको आफू र आफ्नो जीवनमा प्रत्यक्ष असर पर्ने कुनै पनि पारिवारिक, सामाजिक तथा नीतिगत निर्णय र कार्यक्रमहरूमा आफ्नो विचार व्यक्त गर्न पाउने
तथा सक्रिय रूपमा सहभागी हुन पाउने अधिकारलाई
बाल अधिकारसम्बन्धी महासन्धिले बालबालिकाहरूको
सहभागिताको अधिकार भन्दछ । यसअन्तर्गत
बालबालिकाहरूले विद्यालय, सामाजिक, साँस्कृतिक तथा सृजनात्मक कार्यक्रमहरूमा संगठित रूपमा सहभागी हुने अधिकार पनि पर्दछ । साथसाथै बालबालिकाहरूले आफ्नो संगठन खोल्ने र संगठनमार्फत विभिन्न रचनात्मक तथा जनचेतनामूलक एवं दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने अधिकार पनि पर्दछ । हाम्रो देशले पनि बाल अधिकारसम्बन्धी महासन्धि र यसका ऐच्छिक प्रलेखहरू तथा यससम्बन्धी अन्तर्राष्ट्रिय नीति तथा कार्यक्रमहरूलाई अनुमोदन गरेको छ र राष्ट्रिय नीति तथा कार्यक्रमहरू र कानुनहरू पनि निर्माण गरेको छ । त्यसैले हाम्रो देशका बालबालिकाहरूको पनि समान रूपमा सबै जनाको सहभागिता हुने र संगठन खोल्न पाउने अधिकार रहेको छ ।
बालक्लब (बाल समूह)
बाल अधिकारको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यका साथ
विभिन्न सृजनात्मक, जनचेतनामूलक तथा दबाबमूलक
कार्यक्रमहरू सञ्चालन गर्नका लागि स्वयं बालबालिकाहरू नै संगठित भएको समूह नै बालक्लब हो । बालक्लब भनेको दुई वा सोभन्दा बढी बालबालिकाहरूले निश्चित उद्देश्य लिएर गठन गरेको समूह हो । यसमा स्थानीय परिवेश र समूहको उद्देश्य हेरी विभिन्न उमेर समूहका बालबालिका समावेश हुन सक्छन् । बालबालिकाहरुको सहभागिता गर्न पाउने तथा व्यक्तित्व विकास गर्ने अधिकारको व्यावहारिक कार्यान्वयन गर्नका लागि बालबालिकाहरुलाई संगठित गरेर बनाइएको समूह नै बाल समूह हो। बालबालिकाहरुको आत्मबलको विकास गर्नको लागि बालक्लबले ठूलो भूमिका खेल्नसक्छ ।
बालक्लब किन चाहिन्छ ? बालबालिकाहरूको लागि बालक्लब अत्यन्तै महत्वपूर्ण र आवश्यक मञ्च हो । यसका धेरै फाइदा छन । बालक्लबमा सदस्य बन्ने वा नयाँ बालक्लब गठन गरी विभिन्न क्रियाकलापहरूमा सक्रिय सहभागी हुँदा निम्न फाइदाहरू हुन सक्छ :
विभिन्न विषय वा समस्याहरूमा छलफल गर्न र
जानकारी आदानप्रदान गर्न पाइन्छ
बोल्ने, लेख्ने सिपमा विकास हुन सक्छ
नेतृत्व सिपको विकास हुन सक्छ
बालबालिकाहरूमाझ मेलमिलापको भावना
बढाउन मद्दत पुग्छ ।
एउटै वा उस्तै समस्या वा सवाल भएका साथीभाइहरूबीच विचार, अनुभव आदानप्रदान गर्न
पाइन्छ ।
एक्लैले पूरा गर्न नसक्ने काम गर्न वा समस्या
समाधान गर्न वा पीरमर्का हटाउन एक अर्काको
सहयोग, सल्लाह लिने दिने ठाउँ हुन्छ ।
बालबालिकाहरूमाझ विभिन्न नाममा हुन सक्ने भेदभाव,
हिंसा तथा दुर्व्यवहार हटाउन मद्दत पुग्छ ।
दुर्व्यवहार, हिंसा तथा शोषणको सिकार हुन पुगेका,
दुहरा, अशक्त र फरक क्षमता भएका बालबालिकाहरूलाई सहयोग गर्न सकिन्छ ।
परिवार, समुदायलाई विभिन्न अधिकार तथा
बालबालिका र सामाजिक विषयहरूमा चेतना
जगाउन सकिन्छ ।
बालबालिकाप्रति गरिने अमानवीय व्यवहारको
सामुहिक तथा संगठित विरोध वा प्रतिरोध गर्न
सकिन्छ ।
संगठित रूपमा विभिन्न सामुदायिक विकासका
क्रियाकलापहरूमा सहभागी हुन पाइन्छ ।
बालबालिकाको सहभागिताको अधिकारको संरक्षण
र सम्बर्द्धन हुन्छ ।
त्यसैले हामी बालबालिकाहरूको सामाजिक तथा भावनात्मक विकासका लागि र क्षमता विकासका लागि पनि विद्यालय तथा समुदायमा बालक्लबहरू गठन गर्न र विभिन्न बाल अधिकारसम्बन्धी कार्यक्रमहरू गर्न जरूरी छ ।
बालक्लब कसरी गठन गर्ने ?
समूह गठन गर्नका लागि पहिले यसको साधारण सदस्य
बन्नुपर्छ । साधारण सदस्य बनिसकेपछि क्लबका सहयोगी वयस्क तथा साधारण सदस्यहरूको छलफलबाट निश्चित सङ्ख्याको जस्तैः ७ जनादेखि १५ जनासम्मको एउटा कार्यसमिति गठन गरिनुपर्दछ । सामान्यतयाः समूहमा बस्ने बालबालिका १६ वर्षभन्दा माथिको हुनु हुँदैन । क्लबको कार्यसमितिको सङ्ख्या धेरै भएमा बैठक बस्न नै कठिन हुन्छ । यसरी बनेको कार्यसमितिमा न्यूनतम पनि ४० प्रतिशत बालिका अनिवार्य रूपले संगठित गरिनु पर्छ ।
समूहको साधारण सदस्य जति पनि बन्न सक्नेछन् ।
कार्यसमितिमा सकेसम्म ९ वर्षदेखि माथि १६ वर्षमुनिका
बालबालिकाहरूलाई संगठित गर्नु उपयुक्त हुन्छ ।
बालबालिकाहरू आफैले सरसल्लाह गरेर क्लबको नाम
राख्नु उपयुक्त हुन्छ ।
बालक्लब र सहयोगी संघसंस्थाहरू
बालक्लब एउटा संस्था हो । जसरी एउटा व्यक्तिले
आफ्ना आवश्यकताहरु पूरा गर्न अरूको सहयोग लिनुपर्दछ
त्यसरी नै क्लबले गर्ने भनेर सोचेका सबै कार्यहरु उसले
एक्लै गर्न नसक्ने स्थिति पनि हुनसक्छ । कयौ कामहरू
गर्नका लागि अन्य संघसंस्थाहरुको सहयोग लिनै पर्ने
हुन्छ । यसैले संस्थागत रुपले काम गर्ने गर्दा अरूको
सहयोग लिनका लागि सर्वप्रथम क्लबका सहयोगी
संस्थाहरु कुन-कुन हुन् भनेर पहिचान गर्नुपर्दछ ।
सामान्यतयाः बालक्लबका सहयोगी संस्थाहरु निम्न हुन
सक्दछन् :
वडा कार्यालय / नगरपालिका
सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरीहरु
स्वास्थ्य चौकी / उपस्वास्थ्य चौकी,
विद्यालय तथा शिक्षक अभिभावक संघहरू, शिक्षक
संगठनहरू
जिल्ला बालकल्याण समिति तथा जिल्ला प्रशासन
कार्यालय
जिल्ला विकास समिति
पत्रकारहरु र उनीहरूका संघ संगठनहरू
अन्य क्लबहरु
बालअधिकारसँग सम्बद्ध भएका राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु
बालअधिकारप्रति चासो राख्ने गैरसरकारी संस्था
तथा अन्य संस्थाहरु
फलेबास नगरपालिकाले कस्तो बालक्लबलाई सहयोग गर्दछ ?
सबैखाले बालक्लबहरूलाई सम्मान गर्दछ तर पनि आफ्नो स्रोत र साधनको सीमितताको कारणले वालमैत्री युक्त नगरपालिका घोषणा सम्म पुग्नको लागी पहिला यो बाल श्रममा केन्द्रित हुनुपर्दछ।
फलेबास भित्र भएका बाल श्रमिकहरू
विशेषतः घरेलु बाल श्रमिकहरूले गठन गरेको बालक्लबलाई सहयोग गर्ने गरी । यसको लागि संस्थाको साधारण सदस्य
तथा कार्यसमितिमा अध्यक्ष, सचिव र कोषाध्यक्ष लगायत न्यूनतम पनि ८० प्रतिशत घरेलु बाल श्रमिकहरू हुनुपर्दछ । त्यसमा पनि ५० प्रतिशत बालिकाहरू सहभागी भएको हुनुपर्दछ ।
फलेबास नगरपालिकाले वालक्लबको कस्ता कार्यक्रमहरूलाई सहयोग गर्दछ ?
बालबाबलिकाको सृजनात्मक तथा जनचेतनामूलक
कार्यक्रमहरूलाई सहयोग गर्दछ । बालक्लबले आयोजना गर्ने कार्यक्रमहरू मुख्य रूपमा बाल अधिकार, बाल श्रम, बाल यौन दुर्व्यवहार, हिंसा, एच.आइ.भी. र एड्स तथा अन्य बालबालिका विरूद्ध हने हिंसा र दुर्व्यवहारसँग सम्बन्धित कार्यक्रमहरू जस्तै- वक्तृत्वकला, हाजिरजवाफ, चित्रकला, कवीता प्रतियागीता, अभिभावक सचेतना भित्ते पत्रिका प्रकाशन, कक्षा अभिमुखिकरण, अभिभावक अन्तर्क्रिया, शिक्षक अन्तर्क्रिया आदि कार्यक्रमहरूका
लागि सहयोग गर्नुपर्दछ। यसरी कार्यक्रमको लागि सहयोग लिन विद्यालयमा गठन भएको बालक्लब भएमा सम्बन्धित
विद्यालयको कार्यक्रम स्वीकृति पत्र तथा स्थानीय
समुदायको बालक्लब भएमा आफू आवद्ध भएको निकाय जस्तै- वडा, नगरपालिका तथा सामुदायिक समितिहरूको स्वीकृति पत्र संलग्न हुनुपर्दछ ।
फलेबास नगरपालिकामा आवद्ध हुन बालक्लबले के गर्नुपर्दछ ?
माथी भनिए जस्तो मापदण्ड पुगेका बालक्लबहरूले
पालिकावाट उपलब्ध हुने बालक्लब आवेदन फारम भरी
पेश गरेपछि त्यसको बारेमा अध्ययन गरेर महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाले आवद्धता प्रदान गर्दछ ।
लेखमा प्रतिक्रिया भए!
सम्पर्क राख्न :
लकास सुवेदी
अध्यक्ष
राष्ट्रिय जागरण युवा समाज, फलेबास नगरपालिका-५,खानीगाउँ,पर्वत ।
फोन नं: ९८४७६४५५२५,
Gmail: [email protected]

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here