राज शर्मा , पोखरा – १९ गायक तेजस रेग्मी र गायिका कला लम्साल को आवाज मा ‘म त बाग्लुङ बिनामारेको’ बोलको पन्चेबाजा गीत गत बुधबार ‘Tejash Regmi’ युटुब च्यानल मार्फत सार्वजनिक भएको छ। बाग्लुङ को दक्षिणी भेग जैमिनी नगरपालिका – ५,बिनामारेमा जन्मेका नेपाली लोक तथा दोहोरी गायक तेजश रेग्मि ले आफ्नै जन्म भुमी बिनामारे लाई समेटेर सो गित निर्माण गरेका छन।तेजस रेग्मी र कला लम्साल को आवाज रहेको उक्त गीतमा शब्द अनि सङ्गीत रेग्मी आफैको रहेको छ साथै उनलाइ शब्द लेखन मा आभास सेन्चुरिले पनि साथ दिएका छन। पछिल्लो समय कि चर्चित मोडल यशु भट्टराई र तेजस रेग्मिको दमदार अभिनय रहेको उक्त गितको म्युजिक भिडियो लाई कुमार के.सि ले निर्देशन गरेका हुन भने राम के.सि ले छायांकन गरेका हुन। गायक तथा सर्जक रेग्मी भन्छन पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै आइरहेको आफ्नो जन्म थलो बागलुङ को दक्षिणी भेग जैमिनी नगरपालिका – ५,बिनामारेको पर्यटन प्रवर्द्धन मा थप टेवा पुर्याउने मुख्य उद्देश्य ले नै शो गीत निर्माण गरिएको हो । लामो समय देखि गीत सङ्गीत क्षेत्रमा कार्यरत रहि रहँदा आफ्नो जन्म थलो को लागि पनि केही गर्नु पर्छ भन्ने चाँसो बिगत देखि नै भएको र अहिले त्यो चाहा पूरा भएको पनि उनी बताउछन । त्यसो त उक्त गीत को शब्द अनि दृश्य बाटै महसुस गर्न सकिन्छ कि रेग्मिको आफ्नो जन्मभुमी प्रती को माया अनि मोह। जे होस पुरानो डायरी , पिँडालु , छोँटो कपाल , हो र हो , नाकै हेर्दा थाह हुनि , बाइ बाइ माया , बाग्लुङ बलेवा , झम-झम झम्काना , तालको पानी जस्ता रेग्मिका चर्चित गीत सङ्गित सहित अन्य २०० भन्दा बढी गित हरु बजारमा आइसकेका छन।
गायक/सर्जक तथा मोडल तेजस रेग्मिले बजारमा ल्याए पन्चेबाजा गित ‘म त बागलुङ बिनामारेको’
[sidebar name="After post"]





