कुश्मामा दोस्रो अनिस बोगटी स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

78

पर्वत । पर्वतको कु्श्मामा दोस्रो अनिस बोगटी स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुनेभएको छ । पर्वत फुटबल क्लबको आयोजनामा बैशाख ८ देखि १० गते सम्म प्रतियोगिता हुनेभएको हो ।

क्लबका पुर्व खेलाडी अनिस बोगटीको स्मृतिको अवसरमा प्रत्येक वर्ष प्रतियोगिता हुँदै आइरहको क्लबका अध्यक्ष गणेश सिलवालले बताउँनुभयो । उहाँले खेलकुदको प्रबद्र्धनसंगै साथीको सम्झनामा प्रतियोगिता आयोजना गरिएको बताउँनुभयो । प्रतियोगितको सम्पुर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख र दोस्रो हुनेले ५० हजार सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्ने अध्यक्ष सिलवालले जानकारी दिनुभयो । यस्तै प्रतियोगितामा बेस्ट पेलेयर,सर्वाधिक गोल कर्ता,वेस्ट किपर, वेस्ट डिफेन्डर र वेस्ट स्टाइगरलाई विशेष पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक मनोज पुरीले जानकारी दिनुभयो । प्रतियोगितामा आज सम्म विभिन्न जिल्लाबाट १२ समुह दर्ता भएको र भोली सम्म २० समुह सहभागी हुने आयोजकले अपेक्षा गरेको छ ।

प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्न आयोजकले सबैमा अपिल समेत गरेको छ । प्रतियोगिताको उद्घाटन बैशाख ८ गते हुने क्लबका सचिव युनिक थापाले जानकारी दिनुभयो । साथै प्रतियोगितको पुर्वसन्थ्यामा आज क्लबले कुश्मा बजारमा बाईक ¥याली समेत गरको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here