पर्वत । पर्वतको कुश्मा बजारमा विरामी बङगुरको मासु विक्री गरेको पाइएको छ । कुश्मा नगरपालिका ५ का लुक बहादुर मगरले व्यक्तिगत रुपमा आफ्नो गोठमा पाल्दै आएको विरामी बङगुरको मासु दुर्लुङचोकका एक व्यापारीलाई विक्री गरेको खुल्न आएको हो ।
करिब ३ दिन देखि विरामी बङगुर जाँच नै नगरी काटेर मासु विक्री गरेको थाह पाए पछि कुश्मा नगरपालिकामा फोन मार्फत उजुरी परेको थियो । उजुरी पश्चात कुश्मा नगरपालिकाको पशु सेवा शाखाका कर्मचारी सहितको टोलीले अनुगमन गर्ने क्रममा बङगुरमा पछिल्लो समय देखा परेको ‘अफ्रिकन स्वायन फेवर’ रोग भेटिएको कुश्मा नगरपालिका पशु सेवा शाखा प्रमुख रुपक कडेलले बताउँनुभयो । उक्त विरामी बङगुरको विक्रीका लागि राखिएको अखाद्य मासु नष्ट गरिएको समेत कडेले जानकारी दिनुभयो । मगरले विक्री गरेको १७ केजी विरामी बङगुरको मासु सहित पसलमा एउँटै फ्रिजमा राखिएको थप ६० केजी मासु समेत नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । विरामी बङगुर काटेर विक्री गर्ने मगरलाई नगरपालिकाले सचेत समेत गराएको छ । नगरपालिकाले गोठमा रहेका अन्य बङगुर चेकजाँच गरेर मात्र विक्री वितरण गर्न मगरलाई निर्देशन दिएको छ ।
कुश्मा गरपालिका ५ मा व्यक्तिगत रुपमा बङगुर पाल्दै आएका लुक मगरले छिमेकीको बङगर मरेपछि आफ्नो पनि मर्ने डरले चेकजाच नै नगरी काटेर विक्री गरेको बताए । उनले भने, ‘दुख गरेर पालिएको छ । एउँटा मर्यो भने हजारौ घाटा हुन्छ, त्यसैले मैले काटेर विक्री गरेको हु ।’ उनले अब भने चेकजाँच गरेर मात्र विक्री गर्ने बताएका छन् ।
छिल्लो समय बङगुरमा ‘अफ्रिकन स्वायन फेवर’ नामक रोग देखा परेको छ । त्यसका कारण मासु खरिद गर्दा मासु व्यापारी तथा उपभोक्ताहरु सचेत हुन नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।





