मेरो गोत्र कुन आमा ?

157

सिर्जना बराल  कुरा तीजतकाको हो आमाले गलेश्वर मन्दिर जान लाग्दा भन्नु भयो कि छोरी मन्दिर जाँदा यो तिम्रो पूजाको समान पनि लैजानु र मन्दिरमा चढाऊ। त्यो रातो कपडाको पोको मेरो हातमा थमाउँदै भन्नु भयो त्यो पोका भित्र भएको सामग्री ,जस्तै चढावा,पेशा,सिक्का,जनै सुपारी सुकेको फूल,आदि सामग्री थियो ती सब समान मेरो पूणिर्माको व्रतको सामग्री थियो । जुन मेरो बिहे भन्दा पहिला को थियो आमा बुवा नयाँ साल फेरिए पछि सबै परीवरको चीना लिएर ज्योतिषको मा जानु हुन्थ्यो अनि कसलाई के गर्न भन्नु भएको छ सोही अनुसार गरिन्थ्यो कसैको गह्रा शान्ति गर्ने हो कि दान दक्षिणा,के गर्ने हो सोही अनुसार मलाई पूर्णिमाको, मंगलबारको बर्त राख्न, के के राख्न भन्नु हुन्थ्यो, म पनि राम्रै हुन्छ ,त्यति बेला डाइटिङको पनि भूत जो हुन्थ्यो सिलिम शरीर हुने , अफिसमा पनि साथीहरु खुसी आज त मिसको ब्रत फलफूल प्रसाद चाहिन्छ भन्नु हुन्थ्यो । अनि म्यासेन्जर दाइलाई फल फूल लिन पठाइन्थ्यो दिनहरू रमाइलो हुन्थ्यो । अनि मेरो विवाह भयो त्यस पछि घर परिवार बच्चा भए पछि ती सबै कुराहरू पनि एतिकै भयो अनि अहिले घर,(माइत )गाको बेलामा आमाले त्यो सामग्री दिँदै भन्नु भयो कि तिम्रो वर्त सफल हुँदैन रे यो समान मन्दिरमा चडाइदेउ,सायद त्यो ब्रत सफल भएर त होलानी असल जुंवाई र नाति छन् नी भन्दै हासो भयो । अनि मन्दिरमा गएर पण्डिन्त जीलाइ सबै कुरा बताए अनि उहाले सोध्नु भयो र हात जल दिँदै नानी गोत्र भन्नुस् ,फ्याट भनिदिए कौसल्य पन्डित जी मन्त्र पढ्नु भयो पूजा गरे ,अनि मालाई याद आयो कि यो त मेरो माइती घरको गोत्र हो त ।पण्डित जी लाई डिस्टर्ब गर्न पनि सकिन उहाले पुष्प दिनुभयो दान दक्षिणा पछि पूजा सम्पन्न गरी ट्याक्सीमा फर्किए अनि सोचमा परे की , साँच्चै मेरो पूजा कातको भयो त , आमाले भनेको जस्तो माइतमा फल मिल्यो की मेरो श्रीमानको घरमा त ? कालीगण्डकी उर्लदै आफ्नै रफ्तारमा बगिरहेको थियो त त्यो भन्दा रफ्तारमा मेरो मनमा सवाल दौडिरहेको थियो अनि मलाई सोच्न बाध्य बनायो। हामी नारीको आफ्नो पहिचान किन छैन, एउटा जन्मसँगै लिएर आएको पहिचान बुवाको भयो अनि त्यो फेरिन पनि मिल्ने भयो अनि फेरि श्रीमानको पहिचानलाई आफ्नो भन्नु पर्ने । त्यो त मेरो सामान्य पूजा नै थियो जसले मेरो माइती राम्रो भए पनि ठीक र श्रीमानकोमा भए पनि उतिकै तर ती चेलीको कुन गोत्र त ? जसलाई विधिवत रूममा फेरिएको हुन्छ र जुन कुनैं कारणवस श्रीमान छोडेर , सम्बन्ध विचछेद गरेर बसेको हुन्छन्। अब उनको थर गोत्र के हुने त ? उनलाई कुन थर, गोत्रमा अधिकार होला त। बुवाको नाम र पहिचान पनि कन्यादान संगै फेरिएको हुन्छ । धर्मग्रन्हरूमा कुनै गोत्र नभएको व्यक्तिको गोत्र कस्यब हुन्छ भनिएको छ ,। तर कुरा गोत्रको मात्र रहेन , कुरा पुन सम्मान को रहन्छ ,पुनः अधिकारको रहन्छ। पहिचान को रहन्छ ।वैवाहिक सम्वन्ध तोडिँदा पुरुषले त सजिलै अर्को घर बसाउन सक्ला, तर महिलाले अनेक लान्छना खेप्नुपर्छ । उसलाई समाजले राम्रो दृष्टिकोणले हेर्दैन ।एक नारी र उसको परिवारलाई हेर्ने दृष्टिकोण फेरिनुपर्छ। जसरी विवाह जिवन यात्राको सुनौलो सुरुवात हो, त्यसरी नै डिभोर्स पनि अफ्ठ्यारो र बोझपूर्ण सम्बन्ध अन्त्य सहित नयाँ बिहानीको खोजि हो । समाजले यति मात्र बुझिदिए पनि कुण्ठा र पिँजडामा बाँच्न वाध्य धेरै नारीहरुले आफ्नो जीवनलाई अथपूर्ण र स्वतन्त्र, सुन्दर चरी झैँ आफ्नो जिवनमा गन्तव्यको उडान भर्न पाउने थिए । समाजमा सम्झौता गरिएका सम्बन्ध सधैं सफल हुन्छ भन्ने पनि हुँदैन । मेरो मनमा विचारको युद्व चली रहेको थियो। यो कुरा सुन्दा सानो लागे पनि यी कुरा ले गर्दा पनि कति महिलाले आफ्नो न्याय को लागि लड्न सकेको छैनन्। आफ्नो कर्म ठानेर बसेको छिन् ,अनि बुढा बाबा आमाको इज्जत ठानेर बसेको छिन्, र दाजुभाइ को इज्जत मानेर बसेकी छिन् उल्ने यो कदम उठाउन सकेको छैनन् जुन आफ्नो नैसर्गिक अधिकार हो ,उनी स्वतन्त्र बाँच्न पाउने अधिकार को हनन भइरहेको हुन्छ, उनको आत्मा सम्मान को चिर हरण भइरहेको हुन्छ तर पनि उनी सहेर बसेको हुन्छिन्,तर उनी जिउँदो लास जिउन बाध्य बनाइरहेको हुन्छिन् , आफ्नो अधिकारको लागि लड्न सक्दिनन्, कति महिलाले त आफ्नो ज्यान दिएको छन् , मानसिक सन्तुलन पनी गुमाएको पनि छन् यो समाजको कारण। अब छोरी लाई डोली दिँदा तिम्रो घरको इज्जत राख्नु भन्नु, र यो पनि भननुको बुवा आमाले दाजु भाई ले तिम्रो लागि कुनै पनि समय यो घरको ढोका खुला हुने छ , हामी तिम्रो लागि साथमा सधैं छौं भन्न सक्नु पर्यो । न की कर्तव्य पूरा भयो होइन , अब छोरी हरु जिउँदै नजलुन, अबका दिनमा छोरी बुहारी सुरक्षित हुनुपर्छ सामाजिक ,मानसिक आर्थिक रूपमा ससक्त बन्नु पर्छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here