गुणस्तरिय शिक्षाका लागि दत्तचित्त भएर काम गरेका छौ : अध्यक्ष मल्ल

175

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ का अध्यक्ष चन्द्र बहादुर मल्लले गुणस्तरिय शिक्षाका लागि आफु लागि परेको बताउँनुभएको छ । मंगलबार महाशिला खबर डटकमको शैक्षिक बहस कार्यक्रममा मल्लले महाशिला गाउँपालिकामा शैक्षिक सुधारका लागि आफुहरुले दत्तचित्त भएर काम गरिहेको बताउँनुभएको हो । उहाँले गाउँघरमा पछिल्लो समय शिक्षा खस्किदै गरिहेकोले यसको सुधारका लागि पालिकासंगै वडा कार्यालयले योजनाबद्व रूपमा कार्यक्रम अगडी बढाइ रहेकको बताउँनुभयो ।

मल्लले गाउँघरमै उच्च शिक्षा हासिल गर्ने वातवरण सिर्जना गर्न निजी तथा सरकारी निकायसंग समन्वय गरेर काम गर्न तत्पर रहेको बताउँनुभयो । उहाँले शिक्षाको गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिले विशेष पहल गर्नुपर्ने बताउँदै नीतिगत सावलमा जनप्रतिनिधिका रुपमा आफुले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले मात्र सोचेर हुँदैन विद्यालय राम्रो बनाउँन शिक्षक र विद्यार्थीले मेहनत गर्नुपर्छ त्यसमा अभिभावकले साथ दिनुपर्छ ।”

यस्तै मल्लले गुणस्तरिय शिक्षाका लागि महाशिला गाउँपालिकामा आवासीय विद्यालय सञ्चालन गरको बताउँनुभयो । बढ्दो बसाईसराईलाई रोक्न र सामुदायिक विद्यालयमा अभिभावकको विश्वास बढाउँन महाशिला गाउँपालिका र अभिभावकको साझेदारीमा आफ्नो वडामा रहेको महेन्द्र ज्याति माध्यमिक विद्यालयमा दिवा आवासिय विद्यालय सञ्चालन गरको मल्लले बताउँनुभयो । उहाँले दिवा आवासीय विद्यालयको प्रभाकारिता बढाउँन सवैले सयोग गर्नुपर्ने बताउँनुभएको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here