पर्वतको खुर्कोटमा भ्यान दुर्घटना : चालकको मृत्यु, तीन घाईते

253

पर्वतको कुश्मा नगरपालिका वडा नं। २ खुर्कोटमा मिनि भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराती भएको दुर्घटनामा मृत्यु हुनेमा जीपका चालक ४० वर्षिय बालकृष्ण पौडेल रहनुभएृको छ ।
मध्यपहाडी लोकमार्गको कुश्मा(बागलुङ सडक को घुम्तिवाट खुर्कोटतर्फ उक्लिदै गरेको ध१ज ११२३ नम्वरको मिनि भ्यान उकालो सडकवाट करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी गम्भीर घाईते भएका पौडेललाई पर्वत जिल्ला अस्पतलामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । अन्य घाईते हुनेमा खुर्कोटकै मनिषा दर्जी, सजिना विक र मुकुन्द पौडेल रहेका छन् । घाईते भएकाहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । भने मृतकको शब पनि पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ । उकालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको प्रहरी निरिक्षक प्रकाश राउतले जजानकारी दिनुभयो

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here