अपाङ्गता परिचयपत्र बर्गीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

57

पर्वत । स्थानिय तहमा रहेका अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका पदाधिकारीहरुका लागि एक दिने अपाङ्गता परिचयपत्र बर्गीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम कुश्मामा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय पर्वतको आयोजनामा सोमबार कार्यक्रम सम्पन्न भएको हो ।

जिल्लामा अपाङ्गता परिचयपत्र वितरणमा एकरुपता कायम राख्न अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मोहनचन्द्र सुवेदीले बताउँनुभयो । सुवेदीले स्थानिय तहका प्रमुख तथा उप—प्रमुखको संयोजकत्वमा गठित समन्वय समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रमले अपाङ्गता परिचयपत्र बर्गीकरणमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अपाङ्ग परिचयपत्र वितरण सम्बन्धी निर्देशिका माथि छलफल गर्नुका साथै अपाङ्गता परिचयपत्र बर्गीकरणका क्रममा स्थानिय तहमा भइ आएका समस्याका बारेमा समन्वय समिति पदाधिकारीहरुले अनुभव आदान प्रदान गरेका थिए ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.ककले पालिका भित्र बसोबास गर्ने विभिन्न प्रकारका अपाङ्गता भएका नागरिकहरुको पहिचान गरी सोही अनुसार परिचयपत्र वितरण गर्न समितिका पदाधिकारीहरुलाई अनुरोध गर्नुभयो । वि.कले पहुँच र राजनितिक आडमा यदाकदा अपाङ्गता परिचयपत्र बर्गिकरण गरेको सुन्न पाइने बताउँदै निश्पक्ष तवरले निर्देशिका अनुसार परिचयपत्र बर्गिकरण गर्न निर्देशन दिनुभयो ।

अभिमुखी कार्यक्रमको सहजिकरण राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खुम शर्माले गर्नुभएको थियो । सामाजिक बिकास कार्यालय पर्वतका प्रमुख मोहनचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यत्रमको सञ्चालन कार्यालयका लेखापाल गणेश आचार्यले गर्नुभएको थियो ।

साथै कार्यक्रममा सहभागि तथा विद्यार्थीहरुलाई कार्यालयको आयोजनामा पर्वत उद्योग वाणिज्य संघको सभाहलमा सामाजिक विषय वस्तुमा आधारित नेपाली चलचित्र “जुना” देखाइएको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here