महिलाको पहेँलो र हरियो रङ्गको मोह

219

सिर्जना बराल, फलेवास पर्वत 

असारको अन्तिम हप्तादेखि बजारमा निकै नै चहलपहल बढिरहेको हुन्छ, विशेष गरि साज सज्जाको पसलहरुमा साउन महिना हरियो पहँेलो र लगत तिज रातो, श्रृंगारको समानहरको निकै व्यापार जे गरेको हुन्छ । अलिलेको आधुनिक सभ्यतामा आएको करिब ३५ हजार वर्ष भएको छ । धर्म संस्कृति, रहनसहन साजसज्जाको विकास ७ हाजार वर्ष पुगेको अनुमान गरिन्छ । साउन महिनामा “हरियो चुरा र पहेँलो बस्त्र” लगाएर ब्रत बस्यो भने श्रीमानको आयु लामो हुने र अनि मेहन्दी गाडा बस्यो भने श्रीमान्को माया पनि गाडा रे ! अहिले हातमा मेहेन्दी र हरियो चुरा प्रायः सबैको हातमा हुन्छ । पहेँलो र हरियो बस्त्र र महिलाले लगाएको मेहेन्दी गाढा बस्नु श्रीमान् सँगको सम्बन्ध के त ? धेरै वर्ष हुने हुँदा संक्रमण छिटो हुन सक्ने हुँदा जति माछा, मासु, लसुन र प्याज जस्तो उत्तेजक खालको खाना नखानु र ब्रत बस्दा पाचन प्रणालीमा राम्रो हुन्छ भन्ने मान्यता राख्दछन् तर यस्ता खालको साजसज्जा श्रृंगारको सामग्रीले महिलालाई सुन्दर त बनाउला, त्यो कुरा आफ्नो ठाउँमा छ, यो सब बजारको टे«न्डले बनाएको हो ।

जुन प्रयोग गर्नको लागि बजारले महिलालाई बाध्य बनाएको छ । हरेक पसलमा सुन्दर सुन्दर चुरा, पोते, गहना, साडी झलमल्ल पारेर राखेको हुन्छ हेर्दै किनौँ किनौँ जस्तो । अहिलेको बजारले महिलालाई दास बनाइरहेको छ, एउटाले उत्पादन गर्छ । अनी अर्काले विज्ञापन गरिदिन्छ र खरिद पनि गरिन्छ । विज्ञापनको लागि पनि धेरै कष्ट गर्न पनि पर्दैन पहिले गाउघरमा बर्खे लुगा किन्ने चलन हुन्थ्यो कि गाउघरमा मेलापात गर्दा भिज्ने गरिन्छ लुगा धेरै किन्ने चलन हुने थिएन दसैँको लागि एकजोर किन्ने गरिन्थ्यो अनि बाँकी आवश्यकता अनुसार किनमेल हुन्थ्यो ।

धेरै वर्ष पनि भएको छैन यो समाज भड्किलो बन्दै आएको जब मान्छेहरुमा मोबाइल र इन्टरनेटको पहँुच जति छिटो भयो त्यति छिटो समाजमा एक खालको परिवर्तन पनि विस्तारै बढदै गयो । जुनसुकै चिजको प्रभाव छिटो पर्न थाल्दछ । यही माहोलको कुरा गरौ असारको पहिलो हप्ता देखि नै बजारमा हरियो र पहेँलो बस्त्र देखिन थाल्छ र एउटाले खरिद ग¥यो भने म पनि के कम भनेर अर्काेलाई खरिद गर्नु पर्छ । उसको मानसिक रुपमा नै असर गर्ने गर्छ । किनकी भोली सोमबार सँगै मन्दिर जो जानुछ। साडी, कुर्ता, चुरा, पोते, धागो अनि टिकी यो यो सब जोडदा साउन महिनाको अनावश्यक खर्च बढायो । यति हुँदाहुदै लगतै महिलाहरुको महान् चार्ड हरितालिका तीज आउन थाल्छ, फेरी माईत जाने रातो साडी र त्यसमा सुहाउँदो पर्वअनुसार र अरु दिदीबहिनी अनुसारको पहिरनको आवश्यकता हुन्छ किनकि सामाजिक सञ्जालमा एक पटक लगाएको लुगा फेरी अर्काे पटक फोटो राख्ने चलन छैन ।

यसरी महिलालाई बजारले शोषण गरिरहेको छ । कि त्यो कुरा हामीलाई पत्तो हुँदैन ताकि जुन कुराको तोक नै छैन । आफ्नो कमाई हुने महिलाहरु त व्यवस्थापन गर्लान तर श्रीमान्को भरमाबाँन्नुपर्ने महिलालाई झनै धेरै परनिर्भता बनाइरहेको छ । अनि यो देखावटी संसार अथवा सामाजिक सञ्जालमा यस्ता खालको सामाग्रीहरु पनि राखिएको हुन्छ । जसले सुमधुर रहिरहेको सम्बन्ध पनि बिगार्ने खालको जस्तै एउटा श्रीमानले श्रीमतिलाई साउनको गिफ्ट हरियो चुरा, पोते, साडी दियो त्यो भाइरल टिकटक दिउँसो श्रीमतिलाई देखिन भने वेलुका उनको घरमा खाना नपाकेको पनि हुन सक्छ । किनकी उसको श्रीमान्ले त यस्ता खालको उपहार दिने गरेको छैनन् यस्ता खालको भाइरल हुने होडमा राखिएका सामाग्रीले उनको दिमाखमा मलाई पनि मेरो श्रीमान्ले यस्तै माया गरिदियोस् भन्ने हुन्छ अनि मनमुटाब सुरु हुन्छ घरमा असान्ती, घर विग्रर्ने, आत्माहत्या जस्ता इत्यादि क्रियाकलाप हुने गर्छन । महिलालाई विस्तारै परनिर्भता र आर्थिक संकटमा पनि पार्दछ र देशको अर्थतन्त्रमा असर गरिरेहेको छ । कुनै एउटा यस्तो चिज छैन कि जुन हाम्रो देशमा उत्पादन भएको छ ।

देखासिकी भन्दा पनि आवस्यकता अनुसार को पहिरनर र आफुलाइ बदल्न तर्फ आफ्नो शोचमा परिबर्तन , आफ्नो आत्मासम्मान , आफ्नो आर्थिक स्तरमा वृद्धि,अनि महिला शशक्तिकरणको लागि महिला स्वयं आर्थिक निर्भर हुनु जरुरी हुन्छ १ भन्ने तर्क जोडनु मलाई सहि लग्यों । बाकी कसैलाई धर्म र आस्था को आक्षेप लागाउन खोजोको होइन ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here