पैयुँ गाउँपालिकाको बजेट ४२ करोड ९७ लाख

108

पर्वत । जिल्लाको पैयूँ गाउँपालिकालले आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १० औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ले निति तथा कार्यक्रम र गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले बजेट सार्वजनिक गर्नुभएको हो ।गाउँपालिकाले आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संघीय, प्रदेश र स्थानीय सरकारको गरी कुल ४२ करोड ९७ लाख ६४ हजार रुपैयाँको बजेट गाउँपालिकाका उपाध्यक्ष रानाले प्रस्तुत गर्नुभएको हो ।शुक्रबार गाउँसाभामा प्रस्तुत बजेटको ५६.६५ प्रतिशत चालुतर्फ र ४३.३५ प्रतिशत पूँजीगत तर्फ रहेको छ । बजेटको आयस्रोतको रुपमा आन्तरिक आय,गत वर्षका अल्या,संघीय सरकारको राजश्व बाँडफाँड,समपुरक अनुदान,विशेष अनुदान तथा सशर्त अनुदान रहेको छ ।

प्रस्तुत बजेटको स्वास्थ्य क्षेत्रमा नागरिकलाईस्वास्थ्य सेवाको सुनिश्चित गर्न जेष्ठ तथा दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण, सुत्केरसंग उपाध्यक्ष, वृद्ध अशक्तसंग अध्यक्ष, स्वास्थ्य बीमाको पहुँच विस्तार लगायतमा प्राथमिकता दिइएको छ ।  शैक्षिक विकासको लागि अध्यक्ष उपाध्यक्षसंग विद्यार्थी कार्यक्रम, सिकाई प्रक्रियाको लागि स्तरोन्नती, प्रोत्साहनमा आधारित लगानी तथा  प्रत्येक विद्यालयमा इन्टरनेट र कम्प्युटरको जस्ता कार्यक्रमहरुलाई बजेट विनियोजन गरिएको छ ।कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत उत्पादनमा आधारीत अनुदान कृषि संकलन केन्द्रकोस्थापना, स्थानीय कृषि उत्वादनको ब्रान्डिङ, प्याकेजिङ तथा बजारीकरण कार्यक्रमलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । त्यसै गरी पर्यटन,भाषा,संस्कृति संरक्षणका कार्यक्रमहरु ,युवा तथा खेलकुद क्षेत्रको विकास लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ ।
आ.व.२०७९ /०८० को बजेटले स्वरोजगारमा विकास,उत्पादनको वृद्धि,पूर्वाधार तथा पर्यटकीय क्षेत्रमा संरचना निर्माणमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन लगायतका उद्धेश्यहरु राखेको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here