पर्वतका सरकारी कार्यालयको आव २०७८÷०७९ को प्रगति : ५५ देखी ९२.२ प्रतिशत सम्म

177

पर्वत । पर्वतका सरकारी कार्यालयले आर्थिक वर्ष २०७८÷०७९ मा गरेको कामको प्रगति विवरण सार्वजानिक गरेका छन् । जिल्ला समन्वय समिति पर्वतको कार्यालयले सोमबार आयोजना गरेको नवनिर्वाचित पदाधिकारीसंग संघ र प्रदेश सरकारका कार्यालय प्रमुखहरुको परिचयात्मक तथा प्रगति समिक्षा कार्यक्रममा कार्यालय प्रमुखले आफ्नो कार्यालयले गरेको प्रगति सार्वजानिक गरेका हुन् ।
जस अनुसार आजका मिति सम्म भु तथा जलधार व्यवस्थापन कार्यालयले ९२.५ प्रतिशत,डिभिजन वन कार्यालयले ८३ प्रतिशत, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ५६ प्रतिशत,जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले ५५ प्रतिशत, घरेलु तथा साना उद्योग कार्यालयले ८७ प्रतिशत प्रगति गरेको छ ।
यस्तै पुर्वधार विकास कार्यालयले ५६ प्रतिशत, खानेपानी तथा सरसफाई डिभिजन इकाई कार्यालयले ८० प्रतिशत, कृषि ज्ञान केन्द्रले ७८ प्रतिशत, पर्वत अस्पतालले ६७ प्रतिशत र ग्रामिण सडक संञ्जाल सुधार योजना कार्यालयले ५२ प्रतिशत प्रगति गरेको बताएका छन् । कार्यालय प्रमुखले आर्थिक बर्षको अन्त्य सम्म प्रगति विवरण बढ्न सक्ने पनि बताएका छन् ।


कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले कार्यालय प्रमुखहरुलाई चुस्त दुरुस्त रुपमा काम गर्न निर्देशन दिदै देखिने गरी गुणस्तरिय काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले स्थानिय स्रोत साधनको सहि परिचालन र व्यवस्थापन गर्न अनुरोध गर्नुभयो । सापकोटाले संघ र प्रदेश मताहतका सरकारी कार्यालयहरुले स्थानिय निकायसंग समन्वय गर्न आवश्यक रहेको बताउँदै समय समयमा स्थानिय तहका जनप्रतिनिधिहरु संग छलफल गर्नुपर्ने बताउँनुभयो ।


यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णराम वि.कले यो बर्खायामको समय जुनसुकै बेला पनि विपदका घटना घटन सक्ने भएकाले सम्बन्धित कार्यालयहरु विपद व्यवस्थापनमा जिम्मेवार भएर लाग्न अनुरोध गर्नुभयो । वि.कले दक्षिण पर्वत जोडने दोविल्ला मोटरेवल पुलमा सवारी आवत जावतमा जोखिम बढेकाले तत्काल मर्मत सभार गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिनुभयो । उहाँले समग्रह जिल्लाको विकासका लागि सबै निकायसंग समन्वयात्मक भुमिका खेल्ने प्रतिबद्धता जनाउँनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसिले पनि आफ्नो भनाई राख्नुभएको थियो । समन्वय समितिका प्रमुख विष्णुराम वि.कको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन समन्वय अधिकारी सुरेश ढकालले गर्नुभएको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here