पर्वत । पहिरोका कारण महाशिला गाउँपालिकामा दर्जनौं घर जोखिममा परेका छन् । अविरल बर्षासंगै आएको पहिरोले गाउँपालिका भित्रका धेरै घरहरूमा क्षती पुर्याएको छ ।
शनिबार लुंखु ठाडपाखा चाउँकेमा त पहिरोले एक घर र दुई गोठ नै बगायो । यस्तै पहिरोका कारण महाशिला गाउँपालिका वडा ५ चपाइ थरका ४ घर पनि उच्च जोखिममा परेका छ्न । घर माथीबाट झरेको पहिरो र भेलले घरमा क्षती पुर्याउदाँ तीन घर विस्थापित भएका छ्न ।
त्यस्तै, लुंखुकै नाईकापाखा, साउघर, बतासे, कुसुन्डाँडा, ज्यामिरे, आहाले,जोरकाफल, इगल क्याफे आसपासका क्षेत्रमा रहेका घर पनि जोखिममा परेका छ्न ।
यस्तै वडा नं ४ पाखापानी भण्डारी थरमा एक घर, बालाकोट, घन्तरीमा एक घर, होश्राङ्दीमा एक घर, अर्गाउँदिमा एक घर र एक गोठमामा पहिरोले क्षति पुर्याएको छ ।
गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा सडक र विद्युत अबरुद्ध भएको छ । सडक र विद्युत अबरुद्ध हुँदा स्थानीयलाई सास्ती भएको छ ।





