पर्वत । जिल्लाको महाशिला गाउँपालिका वडा नं ५ लुंखु आहालेमा पहिरोका कारण एक घर जोखिममा परेको छ । शनिबार बेलुका परेको वर्षाले पहिरो जादा घर जोखिममा परेको हो ।
स्थानिय स्यानी वि.कको घर नजिकै पहिरो जादा उहाँको घर जोखिममा परेको महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुवा वि.कले जानकारी दिनुभयो ।
वि.कले घर छेउमा पहिरो गएको खबर पाए लगतै उक्त स्थानको अवलोकन गरेको र थप पहिरो जानबाट रोकनको लागि पहल गरिएको बताउँनुभयो ।
घर नजिकै पहिरो गए पछि राती बस्न समेत डर भएको स्यानी वि.कले बताउँनुभयो । उहाँले भन्नुभयो, “घरको आगनसंगै जोडिएको भाग पहिरोले लग्यो अन्त पनि कता सर्नु डराई डराई बस्नु परेको छ ।”
वि.कले पहिरो रोकथामका लागि पहल गरिदिन जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।





