आफ्नै लोगो बनाउँदै पर्वतको जलजला गाउँपालिका

35

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले आफ्नै लोगो निर्माण गर्ने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद आचार्यका अनुसार गाउँपालिकाको ऐतिहासिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवं विशिष्ट पहिचान झल्किने गरी लोगो निर्माण गरिएको हो । लोगो निर्माण गर्नको लागि गत फागुन ८ गते बसेको कार्यपालिका बैठकले प्रस्ताव आह्वान गर्ने निर्णय गरे अनुसार फागुन १७ गते प्रस्तावका लागि आह्वान गरिएको हो ।
इच्छुक सङ्घ संस्था वा नेपाली नागरिकले गाउँपालिकाले तोकेका सर्तमा लोगोको डिजाइन गरी सूचना प्रकाशन भएको मितिले ७ दिनभित्रमा कार्यालयमा पेस गर्न भनिएको छ । गाउँपालिकाले राखेका सर्तहरूमा लोगोमा गाउँपालिकाको नाम र नेपालको राष्ट्रिय झण्डालाई अनिवार्य रूपमा समावेश गरेको हुनुपर्ने, लोगोमा समावेश हुने कुनै पनि कुरा नेपालको सार्वभौमसत्ता भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, सङ्घीय इकाई वा विभिन्न जातजाति धर्म सम्प्रदायबिचको सम्बन्धमा खलल पार्ने, जातीय लैङ्गिक तथा कुनै पनि खालको विभेद जनाउने तथा सार्वजनिक शिष्टाचार प्रतिकुल हुन नहुने भनिएको छ । यस्तै लोगोमा प्रयोग हुने सङ्केत तथा चिन्हहरू सङ्क्षिप्त, स्पष्ट र आकर्षक हुनुपर्ने तथा त्यसको व्याख्या समेत पेस गरिएको हुनुपर्ने सर्त राखिएको छ ।
उत्कृष्ट लोगो निर्माण गर्ने व्यक्ति वा संस्थालाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिने तथा लोगोको प्रस्ताव पेस गरेका हरेक व्यक्ति वा संस्थालाई प्रमाणपत्रले सम्मान गरिने पनि गाउँपालिकाले बताएको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here