पर्वत । सुनचाँदी व्यवसायी माथि गोली प्रहार भएको घटनाको विरोध गर्दै पर्वत सुनचाँदी व्यवसायी संघले ज्ञापन पत्र बुझाएको छ ।
संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयलाई पश्चिम नवलपरासी वर्दघाट नगरपालिका ४ का गजेन्द्र विश्वकर्मालाई पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समुहले गोली प्रहार गरी गम्भिर गाइते बनाई साथममा भएको मालसामान लुटेर लगेको घटनाको विरोध गर्दै दोसीलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष निर्मल विश्वकर्मा, पर्वत अध्यक्ष विनोद पोखरेल लगायत संघ सदस्यहरुको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो ।
भिडियो सामाग्री )
https://fb.watch/q5IXYJpqYf/





