महाशिला गाउँपालिकाद्धारा श्रम स्वीकृति प्रदान

55

पर्वत । महाशिला गाउँपालिकाले व्यक्तिगत श्रम स्वीकृति दिन थालेको छ । गाउँपालिकाले वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकलाई गाउँपालिकाको रोजगार सेवा केन्द्र मार्फत श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको हो ।

सोमबार गाउँपालिकाले एक जना स्थानियलाई श्रम स्वीकृति प्रदान गरेको छ ।गाउँपालिकाले गत बैशाख १ गतेबाट रोजगार सेवा केन्द्र मार्फत श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएता पनि आज मात्र पहिलो पटक बैदेशिक रोजगारका लागि वडा नं ३ पात्लेका विष्णु बहादुर नेपालीलाई श्रम स्वीकृति प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पराजुले जानकारी दिनुभयो । पराजुलीले श्रम स्वीकृति लिनका लागि अब गाउँपालिकाबासीलाई काठमाडौँ जानुपर्ने बाध्यत हट्ने बताउँनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ पुग्न बढी खर्चिलो झन्झटिलो हुन्थ्यो, स्थानीय तहबाटै श्रम स्वीकृति पाउन थालेपछि धेरै नै सहज भएको छ ।” गाउँपालिकाको रोजगार सेवा केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिने प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताउँनुभयो ।

गाउँपालिकाबाटै श्रम स्वीकृति पाएपछि विष्णु बहादुर नेपालीले ठूलो सुविधा पाएको बताए । ‘पहिला यो श्रम स्वीकृत लिन काठमाडौं जानुपथ्र्यो, त्यहाँ होटेलमा बस्न, आउन, जान गाडीभाडा लगायत धेरै खर्च हुन्थ्यो, ‘उनले भने, ‘खर्च भए पनि समयमा काम नहुने, विभिन्न प्राविधिक कारण देखाएर काम नगरिदिनेलगायतका धेरै समस्या झेल्नुपर्ने बाध्यता थियोे, अब घरछेउको गाउँपालिकाबाटै श्रम स्वीकृत पाउँदा निकै खुसी लागेको छ ।’

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रुपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here