पर्वतको साक्षरता प्रतिशत ८० दशमलब १२ प्रतिशत

35

पर्वत । राष्ट्रिय तथ्याङ्क अनुसार पर्वतको जिल्लाको साक्षरता प्रतिशत ८० दशमलब १२ प्रतिशत पुगेको छ । पछिल्लो १० बर्षको जनगणनाको विवरण सार्वजनिक गर्दै तथ्यांक कार्यालयले पर्वत जिल्लाको साक्षरता प्रतिशत ८० प्रतिशत पुगेको देखाएको हो । समग्र नेपाल भरीको साक्षरता प्रतिशत भने ७६ दशमलब २ प्रतिशत रहेको छ ।

२०७८ सालमा भएको राष्ट्रिय जनगणनामा पर्वतको साक्षरता प्रतिशत गत बर्षहरुको तुलनामा बृद्धि भएको देखाएको छ । पछिल्लो समयमा पर्वत जिल्लामा विद्यालय जाने बालबालिकाहरुको संख्या उल्लेख्य देखिन्छ ।

जन्मेको ५ बर्ष उमेर पुगेका मानिसहरुको संख्यालाई आधार मानेर तथ्यांक कार्यालयले साक्षरता प्रतिशत निकालेको छ । उक्त प्रतिशत देश भरको भन्दा उच्च देखाएको छ । पछिल्लो जनगणनामा झण्डै १४ हजार ७ सय ३ संख्या भने जनसंख्यामा घटेको छ ।

२०७८ सालको जनगणना अनुसार पर्वत जिल्लाको कुल जनसंख्या १ लाख ३० हजार ८ सय ८७ रहेकोछ । २०६८ सालमा भने पर्वत जिल्लाको जनसंख्या १ लाख ४५ हजार ५ सय ९० रहेको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here