दोहोरी गित प्रतिष्ठान पर्वतद्धारा गुप्तेश्वर बेद बेदाङ्ग पाठशाला परिसरमा बृक्षारोपण

63

पर्वत । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाले विश्व संगित दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । शाखाले बुधबार कुश्मामा रहेको गुप्तेश्वर बेद बेदाङ्ग पाठशाला परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण गरेको हो ।

पाठशाला परिसरमा बेल,काफ्ल, आप, बेलाउँती,अम्ला, कागती लगायत विभिन्न खालका फलफुलका विरुवा रोपेको शाखाका अध्यक्ष पुजा कार्की शर्माले जानकारी दिनुभयो । उहाँले यस धार्मिक स्थलमा बोटविरुवा रोपनाले पुजाआजामा सजिलो हुने बताउँदै बोटविरुवा संरक्षणमा सबैले ध्यानदिनुपर्ने बताउँनुभयो । कार्कीले कलाकारहरु समाजका ऐना भएकाले गित संगितसंगै सामाजिक काम पनि जोडिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो वातावरणलाई स्वछ पार्न र हाम्रो समाजप्रतिको दायित्व निभाउन यो कार्यक्रम गरेका हौं। र, आगामी दिनमा पनि यस्तै खालका कार्यक्रम गर्नेछौं।’

कार्यक्रममा लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतका पुर्व अध्यक्ष आरसी पौडेल, शान्ती नारायण श्रेष्ठ, संस्थापक अध्यक्ष चित्र सागर श्रेष्ठ पाठशालाका तोलान्द्री नाथर्चाय राम पौडेल, गुप्तेश्वर बेद बेदाङ्ग पाठशालाका अध्यक्ष कमलकान्त पाध्या लागायतले मनतव्य रान्नुभएको थियो । शाखाका अध्यक्ष पुजा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शाखाका सदस्य समिक्षा पोख्रेल र सञ्चालन अर्जुन थापाले गर्नुभएको थियो । उक्त रोपिएका विरुवा मलजल गर्न र हुर्काउँन शाखाका सदस्य र पाठशालाका पटुकहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । साथै वृक्षारोपण पश्चात कला संस्कृतिको संरक्षणका लागि शाखाका कलाकारहरुले भजन गाएका थिए । शाखाले विभिन्न समयमा समाजिक कार्यहरु गर्दै आइरहको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here