पर्वत । सामुदायिक वन उपभोक्ता महासंघ पर्वतको अध्यक्षमा जीवन उच्चै ठकुरी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
हालै सम्पन्न महासंघको छैटौ जिल्ला अधिवेशनवाट १६ सदस्यस्यी कार्यसमितिनै सर्वसम्मत रुपमा चयन भएको छ । समितिको उपाध्यक्षमा तेजकुमारी शर्मा, सचिबमा मिठु शर्मा र कोषाध्यक्षमा हरिप्रसाद पौडेल रहनुभएको छ ।
समितिका सदस्यहरुमा गणेश पौडेल, पिताम्वर शर्मा, युवाकुमारी पोखरेल, हिमकुमारी गुरुङ, तारा भुसाल, कृष्ण बस्याल, जमुनादेवी शर्मा, भगवान आचार्य, तारा न्यौपाने, विजुला शर्मा र चन्द्रप्रसाद पौडेल रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष उच्चैले जिल्लामा रहेका ३८८ वटा सामुदायिक वनको संरक्षण र उपभोक्ताहरुको हित र अधिकारका निम्ति निरन्तर सक्रिय भएर लाग्ने बताउनुभएको छ ।
यस्तै पर्वत स्थित सातै पालिकामा सामुदायिक वन उपभोक्ता महासंघको अधिवेश सम्पन्न भएको छ । जस्मा जलजला गाउँपालिकामा दिपक आचार्य, कुश्मा नगरपालिकामा कमार शर्मा, फलेवास नगरपालिकामा हितनाथ भट्ट, मोदी गाउँपालिकामा बावुराम पराजुली, पैयुँ गाउँपालिकामा धनमाया थापा, विहादी गाउँपालिकामा अनिल मास्के र महाशिला गाउँपालिकामा हेम बहादुर क्षेत्री निर्वाचित भएको अध्यक्ष उच्चैले जानकारी दिनुभयो ।





