मोदी गाउँपालिकामा ७३ प्रतिशतले खाए हात्तिपाईले रोग विरुद्धको औषधी

86

पर्वत । पर्वतको मोदी गाउँपालिकामा ७३ प्रतिशतले हात्तिपाईले रोग विरुद्धको औषधी खाएका छन् । फागुन ११ गते देखि शुरु भएको हात्तिपाईले रोग विरुद्धको आम औषधी सेवन अभियानको छैटौ दिन सम्म ७३ प्रतिशतले औषधी खाएका हुन । मोदी गाउँपालिका भित्रका १८ हजार ४८ जनालाई औषधी खुवाउँने लक्ष्य राखिएकोमा हाल सम्म ११ हजार ४ सय ९३ जनालाई औषधी खुवाइएको मोदी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश अधिकारीले जानकारी दिनुभयो । अधिकारीले सवै भन्दा धेरै तिलाहार स्वास्थ्य चौकीले ७८.७ प्रतिशत औषधी खुवाएको बताउँनुभयो । उहाँले औषधी खान मिल्ने सम्पुर्ण पालिका बासीलाई औषधी खुवाएर हात्तिपाईलेको संक्रमण शुन्यमा झारिने बताउँनुभयो । गाउँ गाउँ र टोल टोलमा स्वास्थ्यकर्मी पुगेर संचेना जगाउँदै औषधी खुवाइरहेको उहाँले बताउँनुभएको छ ।

उहाँले स्वास्थ्यकर्मीकै उपस्थितिमा औषधी खुवाइरहेको बताउँनुभयो । अधिकारीले छैटौ दिन सम्म आइपुग्दा औषधी खुवान त्यति धेरै समस्या नभएको बताउँनुभएको छ । उहाँले पालिका बासीलाई हात्तिपाईले रोग विरुद्धको औषधी खान गाउँपालिका अध्यक्ष,उपाध्यक्षको भिडियो सन्देश समाजिक सञ्जाल मार्फत प्रवाह गरिरहेको बताउँनुभयो । अधिकारीले विभिन्न धार्मिक मान्यता र अन्धविश्वासका कारण औषधी खाने दर कम रहेको हुनाले कुनै भ्रममा नपरी औषधी सेवन गर्न अनुरोध गर्नुभएको छ ।

मोदी गाउँपालिकामा हात्तिपाईले रोग विरुद्धको आम औषधी सेवन अभियानमा ७१ जना स्वास्थ्यकर्मी र ७३ जना महिला स्वास्थ्य स्वमसेवीका खटिएका छन् ।
पर्वतमा यस पटक अन्तिम चरणमा फागुन ११ गते देखी हात्तिपाईले रोग विरुद्धको औषधी खुवाइएको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here