गुड नेवर्स इन्टरनेसनल नेपालको (Wash FIT) परियोजना मोदी गाउँपालिकालाई हस्तान्तरण

114

पर्वत । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नवचेतना सामुदायिक विकास केन्द्र पर्वतद्धारा मोदी गाउँपालिकामा सञ्चालित (Wash FIT) परियोजना गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । विहिबार एक कार्यक्रमका विच परियोजना गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य संस्थामा खानेपानी,सरसफाई तथा स्वच्छता (वास) सुधार मार्फत समुदायको स्वास्थ्य सुधार गर्ने उदेश्यले २०२२ जनवरी देखी मोदी गाउँपालिकामा सञ्चालित परियोजना सम्पन्न भएसंगै गाउँपालिकालाई हस्तान्तरण गरिएको नवचेतना सामुदायिक विकास केन्द्रका जनस्वास्थ्य अधिकृत टिका कुमारी घर्तीले बताउँनुभयो । गाउँपालिकाका ८ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा बालमैत्री हातधुने स्टेशन, फोहोर व्यवस्थापन खाडल, सालनाल व्यवस्थापन खाडल निर्माण, खानेपानी मर्मत, महिला स्वास्थ्य स्वयंमसेविका तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य विभिन्न किसिमका तालिम, होडिङ वोर्ड निर्माण, सरसफाई सामाग्री सहयोग,पानीको गुणस्तर जाच, स्वास्थ्य सचेतना सम्बन्धी सडक नाटक प्रदर्शन लगायतका गरी रु ६२ लाख २५ हजार बराबरको काम गरिएको घर्तीले जानकारी दिनुभयो ।

कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले मोदी गाउँपालिकामा गुड नेवर्स इन्टरनेसनल नेपालले स्वास्थ्य, शिक्षामा र आयर्जन गरेको कामले सवृद्ध मोदी बनाउँन टेवा पु¥याएको बताउँनुभयो । उहाँले भन्नुभयो, “हामीले मोदीलाई समृद्ध बनाउँन खोजी रहेका छौ । पालिकाले गर्नुपर्ने काम यस संस्थालेले गरेर सहयोगी भुमिका खेली रहेको छ ।” शर्माले संस्थालाई धन्यवाद दिदै संस्थाले बनाएका संरचनाको संरक्षण गर्ने र शुरुवात गरेका कामलाई निरन्तरता दिने प्रतिवद्धता गर्नुभयो । उहाँले गुड नेवर्स इन्टरनेसनल नेपालले गाउँपालिकामा सञ्चालन गर्ने हरेक काममा सहकार्य गर्न तयार रहेको बताउँदै एक ठाउँमा मात्र भइरहेका काम आगमी दिनमा अन्य ठाउँमा पनि विस्तार गर्न अनुरोध गर्नुभयो ।

यस्तै, कार्यक्रममा गुड नेवर्स इन्टरनेशनल नेपालका देशीय निर्देशक जे क्युङ्ग रोले गुड नेवर्स इन्टरनेसनले शिक्षा, जनस्वास्थ्य जीविकोपार्जन र बाल संरक्षणमा काम गर्दै आइरहेको बताउँनुभयो । उहाँले मोदी गाउँपालिकामा गुड नेवर्स इन्टरनेशनल नेपालले (Wash FIT) परियोजना अन्तर्गत सहयोग गरेका सामाग्री र संरचनाको स्वास्थ्यकर्मी र समुदायले भरपुर मात्रमा उपयोग गर्न अनुरोध गर्दै दिगोपना कायम राख्न आग्रह गर्नुभयो । रोले शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता दिएर बजेट निर्माण गर्न गाउँपालिकालाई आग्रह गर्दै आफुहरु त्यसमा हातेमालो गर्न तयार रहेको बताउँनुभयो ।

कार्यक्रममा शिव प्रसाद रेग्मीले गाउँपालिकामा सञ्चालित (Wash FIT) परियोजनाको सामाजिक लेखा परिक्षण प्रस्तुत गर्नुभएको थियो । सोही कार्यक्रममा (Wash FIT) परियोजना अन्तर्गतका निर्माण समितिलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा रामजा तिलाहार स्वास्थ्य चौकी प्रमुख विक्रम भुवाजी, मोदी गाउँपालिका स्वास्थ्य शाखाका सह—संयोजक प्रकाश सुवेदी, समाज कल्याण श्रोत विकास केन्द्र पर्वतका अध्यक्ष देवी प्रसाद तिमिल्सिना, मोदी गागाउँपालिका वडा ८ का वडा अध्यक्ष शुक बहादुर गुरुङ, गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत झक प्रसाद गौतम लगायतले मनतव्य राख्नुभएको थियो । नवचेतना सामुदायिक विकास केन्द्र पर्वतका अध्यक्ष गोपाल दास पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन केन्द्रका सचिव चन्द्र शर्माले गर्नुभएको थियो

। गुड नेवर्स इन्टरनेसनल नेपालले  पर्वतको मोदी गाउँपालिका, कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा समाज कल्याण श्रोत विकास केन्द्र पर्वत र नवचेतना सामुदायिक विकास केन्द्र पर्वतको साझेदारीमा शिक्षा,स्वास्थ्य र आयर्जनमा काम गर्दै आइरहेको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here