पित्रीको सम्झनामा पौडेलद्धारा महेन्द्र ज्योति मावि लुंखुमा अक्षयकोष स्थापना

163

पर्वत । यहाँका एक युवाले आफुँले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखुदेउँरालीका वुद्धि पौडेलले आफ्नो स्वर्गिय हजरुवुवा रविलाल उपाध्याय, हजुरआमा खगी कुमारी उपाध्याय र स्वर्गिय. आमा टीका कुमारी पौडेलको स्मृतिमा महेन्द्र ज्योति माध्यमिक विद्यालयमा २ लाख रुपैयाको अक्षयकोष स्थापना गरका हुन् ।

विद्यालयको शैक्षिक उन्नयनका लागि अक्षयकोष स्थापना गरिएको पौडेलले बताए । पौडलले अक्षयकोषबाट विद्यालयमा अध्ययनरत गरिब,जेहन्दार तथा अल्पसंख्याक विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताउँदै यसले उनीहरुको उच्च शिक्षामा टेवा पुग्ने बताए ।

हाल रोजगारीको शिलशिलामा डेनमार्क रहेका पौडेलले आफ्नो पित्रीहरुको सम्झनामा स्थापना गरको अक्षयकोषको उक्त रकम आज उनका वुवा जगन्नाथ पौडलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक बहादुर हमाल र प्रधानध्यापक गोपाल प्रसाद शर्मालाई हस्तान्तरण गरेका छन् । साथै जगन्नाथ पौडेलले विद्यायको भौतिक विकासका लागि दश हजार रुपैया समेत विद्यालयलाई प्रदान गरेका छन् ।

विद्यालयको शैक्षिक विकासका लागि सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक बहादुर हमालले पौडेल परिवारलाई धन्यवाद दिए । हमालले यस कार्यले विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउँने विश्वास व्यक्त गरे ।

 

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here