पर्वतमा थपिए, ४ हजार ६ सय १२ मतदाता

4

पर्वत- फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्वतमा ४ हजार ६ सय १२ जना नयाँ मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन अधिकारीका अनुसार कार्यालयमा उपस्थित भएर ५१२ महिला, ७१३ पुरुष र अनलाइनमार्फत ३,३८७ जनाले नाम दर्ता गरेका छन्। अनलाइन दर्ताको विवरण रुजु भइरहेको र अयोग्य ठहरिएका केहीको नाम हट्न सक्ने कार्यालयले जनाएको छ।

पहिले १ लाख २१ हजार ४ सय ५४ रहेको मतदाता संख्या हाल १ लाख २६ हजार ६६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

[sidebar name="After post"]