पर्वत — पर्वतको महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा रहेको फलामखानी आधारभुत विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ ।
सहयोगी मनका धनी यादवमणी भट्टराईको आर्थिक सहयोग तथा वरिष्ठ समाजसेवी भोलानाथ शर्मा र मोती सामुदायिक पुस्तकालयको समन्वयमा मंगलबार न्यानो कपडा वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थी र ११ जना शिक्षकलाइ गरि रु १ लाख १५ हजार बराबरको न्यानो कपडा वितरण गरिएको मोती सामुदायिक पुस्तकालयका वरिष्ठ लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गोविन्द बहादुर विश्वकर्माले कठोर चिसो मौसमले विद्यार्थीको सिकाइमा पर्न सक्ने असरलाई ध्यानमा राखी प्रदान गरिएको सहायताले उनीहरूलाई हौसला मिल्ने बताए। यस्तै, फलेवास नगरपालिका–५ का वडा अध्यक्ष नारायण प्रसाद लामिछानेले समुदाय–विद्यालय सहकार्यका यस्ता अभियानहरूले ग्रामीण भेगको शैक्षिक गुणस्तर सुधारमा सकारात्मक योगदान पुर्याउने धारणा राखे।
सो अवसरमा नयनन्युज डटकमका सम्पादक तथा न्यानो कपडा अभियानका पहलकर्ता लक्ष्मण विसी, सञ्चारकर्मी दिपेश वि. पोखरेल, वरिष्ठ लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटा, सामाजिक अभियन्ता ल्यामबहादुर दर्जी लगायतले पनि आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष थमबहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वडा सदस्य प्रेम बहादुर सुनारले तथा संचालन शिक्षक अनिल विश्वकर्माले गरेका थिए।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोविन्द बहादुर विश्वकर्माले विद्यालयका विद्यार्थीहरूको हिउँदयामको कठिनाइलाई मध्यनजर गर्दै न्यानो कपडा प्रदान गरेकोमा सहयोगी भट्टराईलाई धन्यवाद दिनुभयो । यस्तै फलेवास नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण प्रसाद लामिछानेले यस्ता सामाजिक अभियानले गाउँको शैक्षिक विकासमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
- कार्यक्रममा नयन न्यज डटकमका सम्पादक एवम् न्यानो कपडाका पहलकर्ता लक्ष्मण विस,संचारकर्मी दिपेश वि पोखरेल, मोती सामुदायिक पुस्तकालयका वरिष्ठ लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटा ,सामाजिक अभियान्त ल्याम बहादुर दर्जी लगायतले मनतब्य राख्नुभएको थियो ।
विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष थम बहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा स्वागत वडा सदस्य प्रेम बहादुर सुनारले र संचालन शिक्षक अनिल विश्वकर्माले गर्नुभएको थियो ।





