पर्वत। कुश्मा नगरपालिकाको आर्थिक सहयोग र दलित संजाल कुश्माको आयोजनामा ३ दिने उदघोषण तथा भाषणकला तालिम शुरु भएको छ ।
तालिमको आज कुश्मा नगरपालिका उपप्रमुख स्वास्थानी रिजालले उदघाटन गर्नुभयो । उहाले तालिमले दलित समुदायको दबिएको आवाज बुलन्द गर्न टेवा पुर्याउने बताउनुभयो । रजालले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्दै आफ्ना मुद्दा निर्धक्क राख्न अनुरोध गर्नुभयो ।
तालिमको उदघाटन सत्रमा कुश्मा नगरपालिका वडा नं ६ का अध्यक्ष इश्वर गिरी,कार्यपालिका सदस्य शिवलाल सार्की,सामाजिक विकास शाखा प्रमुख चेत कुमारी पौडेल लगायतले मनतब्य राख्नुभएको थियो ।
दलित संजालका अध्यक्ष जित बहादुर विश्वकर्माको अध्यक्षता र स्वागतमा सम्पन्न भएको कार्यक्रमको संचालन सचीव डम्बर बहादुर वि.कले गर्नुभएको थियो ।
यस्ता तालिमहरूले दलित समुदायका व्यक्तिहरूलाई आत्मविश्वासी बनाउनुका साथै नेतृत्व तथा क्षमता विकास सहयोग पुर्याउने अपेक्षा गरिएको छ । तालिम असार १८ गते सम्म संचालन हुने छ भने तालिमको सहजीकरण संचारकर्मी दिपेश विश्वकर्माले गर्नुहुने छ ।
तालिममा कुश्मा नगरपालिकाका १४ वटा वडाकै करिव ३० जना दलित समुदायका ब्यक्तिहरुको सहभागीता रहेको छ ।






