महाशिला गाउँपालिकाको आगामी बजेट ४५ करोड ४५ लाख ४५ हजार ५ सय ४५

234

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागी  ४५ करोड ४५ लाख ४५ हजार ५ सय ४५ रुपैया बजेट  सार्वजनिक गरेको छ ।
मंगलबार गाउँपालिकाको १८ औं गाउँसभामा उपाध्यक्ष धनसुवा वि.कले चालू आथिक वर्षको तुलनामा झन्डै ६ करोडले बढाएर आगामी  बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले चालू र पुजीगत गरि ४५ करोड ४५ लाख ४५ हजार ५ सय ४५ रुपैया बजेट  ल्याएको हो ।
बजेटमा कृषि,शिक्षा,स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिइएको छ ।
गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले प्रस्तुत गरेको निति तथा कार्यक्रममा शैक्षिक उनयनका लागी गाउँपालिका भित्र रहेका विद्यालयलाई सवारी साधन संचालनका लागी सहुलियत दिने,न्यून आय भएका नागरिकलाई स्वास्थ्य बीमाको  कार्यक्रम मार्फत उपचार खर्चमा हुन सक्ने  आर्थिक जोखिमलाई न्यून गर्ने,कृषकहरुलाइ उत्पादनमा प्रोत्साहन गर्न कृषि एम्बुलेन्स र सहकारी/कृषि समुह मार्फत उत्पादित बस्तुहरुको बजारीकरणको ब्यपस्थापन गर्ने,टोल टोलमा नर्सरी घर घरमा करेसाबारी कार्यक्रम संचालन गर्ने, महाशिला स्वयंसेवक कार्यक्रमलाई निरंतरता दिने,शैक्षिक छात्रवृत्ति प्रदान गर्ने,जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गर्ने  लगायतका   प्राथमिकताका साथ समावेश गरिएको छ । साथै अध्यक्ष भुसालले प्रस्तुत गरेको निति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि,सडक,पर्यटन र पुर्वधार विकासमा जोड दिइएको छ ।

सभामा प्रस्तुत गरिएको निति तथा कार्यक्रम र बजेट बहुमतले पारित भएको छ ।

[sidebar name="After post"]