
पर्वत । घाटीको समस्याबाट ग्रसित फलेवास नगरपालिका खानीगाउँ घर भइ हाल माइत दुर्लुङ बस्दै आइरहेकी सरिता सुनारलाइ कतारबाट सहयोग प्राप्त भएको छ ।
आफ्नै श्रीमानको कुटाइबाट घाइते भएकी सुनारलाइ कतारमा रहेका केही युवाहरुले सहयोग गरेको हुन ।
पर्वतको महाशिला गाउँपालिका वडा न ६ घर भइ हाल रोजगारीको शिलशिलामा कतारमा रहेका फलामखानी सेवा समाज पर्वत कतारका अध्यक्ष सागर सुनार रसाइलीको अग्रसरतामा नेपाली १५ हजार रुपैयाँ सहयोग आएको हो । रसाइलीसंगै लाल बहादुर सुनार ,दिपक सुनार रसाइली ,दिलिप गौतम,मन बहादुर सुनार ओम,बिष्णु सुनार ,दिवस कुँवर,कृष्ण बहादुर सुनार सेते भाई ,रमेश सुनार रसाइली ,बिमल सुनार ,प्रकास सुनार रसाइली,भिम बहादुर सुनार,तुल बहादुर सुनार रसाइली ,मिन बहादुर सुनार रसाइली ,मन बहादुर सुनार राजु ,राम बाबु ठाकुर ,संचा लाल गले ,धिराज गौतम,दिपेश तामाङ्ग,शिव कुमार खवास, गोविन्द आचा लगायतका युवाहरूले आफ्नो खर्च काटेर सुनारलाइ सहयोग गरेका हुन ।
लामो समय देखी आफ्नै श्रीमानको कुटाइबाट पिडामा रहेको र उपचारमा आर्थिक अभाव भएको थाहा पाएपछि थोरै भए पनि राहत होस भन्ने हिसाबले सहयोग गरिएको सागर सुनार रसाइलीले बताए ।
सरिता लामो समय देखि माइतमै बस्दै आइरहेकी छन । उनको घाटी अहिले नचल्ने अवस्थामा छ । उनको उपचारमा आर्थिक आभाव भएकाले उनले उपचारमा सहयोग गरिदिन सबैमा अपिल गरेकी छन ।




