पर्वत । व्यक्तिगत घटनादर्ता सप्ताह २०८१ को अवसरमा महाशिला गाउँपालिका पञ्जिकरण शाखाले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
सप्ताहको अन्तिम दिन आइतबार आयोजना गरिएको अन्तर वडा/ शाखागत हाजिरीजवाफ प्रतियोगितामा वडा नं ४ पाखापानीको प्रकाश थापा,सन्देश पौडेल र चन्द्रकान्त अधिकारीको समूह प्रथम भएको छ ।
यस्तै प्रतियोगितामा गाउँपालिकाको सन्तोष वि.क,बेल बहादुर दर्जी र सरस्वती डोटेलको समूह द्वितीय भएको छ भने पालिकाकै नारायण प्रसाद गौतम,रमेश प्रसाद शर्मा र सविता कुमारी केसी पौडेलको समूह तृतीय भएको छ । प्रथम,द्वितीय र तृतीय हुने समुहले क्रमश ६ हजार प्रमाणपत्र,३ हजार प्रमाणपत्र र १५ सय प्रमाणपत्र प्राप्त गरेका छ्न ।
८ समुहको सहभागिता रहेको प्रतियोगितामा घटना दर्ता सम्बन्धि र समसामयिक बिषयमा केन्द्रित रहेका प्रश्नहरु सोधिएको थियो ।
प्रतियोगिताका बारेमा महाशिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले प्रकाश पार्नुभएको थियो भने सहजीकरणसंगै कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरबहादुर बरालले गर्नुभएको थियो ।
सप्ताहका अवसरमा महाशिला गाउँपालिका पन्जिकरण शाखाले विभिन्न कार्यक्रमहरु संचालन गरेको थियो ।





