फलामखानी सेवा समाज पर्वत कतारद्वारा फलामखानीका १७ घरधुरीको स्वास्थ्य विमा

26

पर्वतको महाशिला गाउँपालिका वडा नं ६ घर भई रोजगारीको शिलशिलामा कतारमा रहेकाहरुले गठन गरेको फलामखानी सेवा समाज पर्वत कतारले फलामखानीका १७ घर धुरीको स्वास्थ्य विमा गरिदिएको छ ।

समाजले शनिबार फलामखानी आधारभुत विद्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजनना गरी आर्थिक विपन्न, एकल महिला, अपाङता भएका तथा मृगौला पिडित १७ घरधुरीको स्वस्थ्य विमा गरिदिएको हो ।

साथै समाजले फलामखानी आधारभुत विद्यलायका ६५ विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गर्नुका साथै अपाङता भएका करिब ८ जनालाई आर्थिक सहयोग गरेको छ । कार्यक्रममा समाजले वडाकै जेष्ठ नागरिक चित्रकला क्षेत्रीलाई सम्मान गरेको छ ।

सोही कार्यक्रमको अवसरमा फलामखानी सेवा समाज पर्वत कतारका अध्यक्ष सागर सुनार रसाईली, वरिष्ठ सल्लाहकार दिपक सुनार, समाजसवी युवा विक्रम पोखरेलले व्यक्तिगत रुपमा फलामखानीमा रहेका ६ वटा आमा समुहलाई आर्थिक सहयोग प्रदान गर्नुभएको थियो भने युवा समाजसेवी विक्रम पोखरेलले शैक्षिक उनयनका लागि फलामखानी आधारभुत विद्यालयलाई नगद ५ हजार सहयोग गनुभएको थियो ।
कार्यक्रममा वाल्दै कार्यक्रमका प्रमुख अतिथि महाशिला गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष गोविन्द बहादुर विश्वकर्माले सरकारले गर्ने काम फलामखानी सेवा समाजले गरेको भन्दै समाजलाई धन्यवाद दिनुभयो । उहाँले आफ्नो गाउँबाट रोजगारीका लागि कतार गएका युवाहरुले समाज गठन गरी गरेको सामाजिक कार्य उल्लेख्निय रहेको बताउँनुभयो । विश्वकर्माले आगमी दिनमा समाज र वडा कार्यालको सहकार्यबाट फलामखानीमा विकास निर्माणका कार्यलाई अगाडी बढाउँने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा वोल्दै कार्यक्रमका विशिष्ट अतिथि फामखानी सेवा समाज पर्वत कतारका अध्यक्ष सागर सुनार रसाईलीले आफुहरुले विदेशमा दुख गरेको कमाई गाउँ घरको विकास र समृद्धिका लागि लगानी गरौं भन्ने हेतुले काम गरिरहेको बताउँनुभयो । उहाँले अझै पनि आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न नसकेर ज्यान गुमाउँन बाध्य भएको बताउँदै फलामखानी बासीले यस्तो वाध्यता भोगन नपरोस भनेर आर्थिक विपन्न भएका परिवारको स्वास्थ्य विमा गरिदिएको बताउँनुभयो ।

रसाईलीले रोजगारीको शिलशिलामा विदेशमा रहेका दाजुभाईहरु एकजुट भएर गाउँको विकासका लागि लाग्नुपर्ने बताउँदै आफ्नो नेतृत्वमा रहेको समाज निरन्तर सामाजिक कार्यमा लाग्ने बताउँनुभयो ।

कार्यक्रमा महाशिला ६ का वडा स्दस्य प्रेम सुनार, पत्रकार दिपेश वि पोखरेल, समाजका सल्लाहकार दिपक सुनार, समाजसेवी भिव बहादुर क्षेत्री लगायतले मनतव्य राख्नुभएको थियो ।
फलामखानी आधारभुत विद्यालयका अध्यक्ष टेक बहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत स्थानिय कुमार वि.क सुन्चौरीले र कार्यक्रमको संचालन फलामखानी आधारभुत विद्यालयका शिक्षक अनिल विश्वकर्माले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।

[sidebar name="After post"]