फलमखानी सेवा समाज पर्वत कतारले फलामखानीका १० घरधुरीको स्वास्थ्य विमा गरिदिने

105

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा ६ फलमखानीबाट रोजगारीको शिलशिलामा कतारमा गएकाहरुले गठन गरेको फलमखानी सेवा समाज पर्वत कतारले फलामखानीका १० घरधुरीको स्वास्थ्य विमा गरिदिने भएको छ ।

कतारमा भरखर मात्र सागर सुनारको अध्यक्षतामा गठन भएको समाजले आफ्नो पहिलो कामका रुपमा फलमखानीका अति विपन्न १० घरधुरीको स्वास्थ्य विमा गरिदिन लागिएकोे अध्यक्ष सुनारले जानकारी दिए ।
उनले नेपाल सरकारले संचालन गर्दै आइरहेको स्वास्थ्य विमा कार्यक्रमको अधिनमा रहि १० घर परिवारको स्वास्थ्य विमा गरिदिने बताए ।

सुनारले अझै पनि समाजमा आर्थिक अभावका कारण सहजै स्वास्थ्य उपचार गर्न नसकेको बताउँदै यस कार्यले विपन्न परिवारको स्वास्थ्य उपचारमा टेवा पुग्ने बताए । उनले स्वास्थ्य विमाका लागि छिट्टै नै घरधुरी छनोवट गरिने बताएका छन् ।

कतारका विभिन्न ठाउँमा छरिएर रहेका फलामखानीबासीलाई एकीकृत गर्दै गाउँवासीलाई कतारमा आइपरेका समस्यामा सघाउ पु¥याउनुको साथै जिल्लामा समेत सामूहिक लगानी र गाउँको चौतर्फी बिकासमा सहयोग पु¥याउने उदेश्यले फेबु्रअरी २१ मा फलमखानी सेवा समाज पर्वत कतार गठन गरिएको थियो ।

[sidebar name="After post"]