पर्वतमा डेढसय बढि मोतीयाबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया

27

लामो समयदेखि आँखाको रोग बल्झाएर बसेका पर्वतका डेढ सय जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।
आँखाको उपचारका लागि पोखरा, काठमाण्डौ जान नसक्ने बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा संचालन गरिएको तीन दिने शिविरमा एक सय ५४ जना मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । माघ २९ देखि फागुन एक गते सम्मगरी तीन दिनसम्म शिविर संचालन गरिएको थियो ।

पर्वतमा सक्रिय लायन्स क्लवहरुको आयोजना तथा रेज होप युकेको आर्थिक सहयोगमा तीन दिने शिविर संचालन गरिएको हो । शिविर संचालनका लागिका लागि हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्योती संघ लगायतको प्राविधिक सहयोग समेत रहेको थियो ।?यस अघि जिल्लाका आठ स्थानमा संचालन गरिएको आँखा जाँच शिविरवाट पाँच हजार भन्दा बढिको आँखा परिक्षण गरिएको थियो । उनिहरु मध्येवाट एक सय ५४ जनाको मोतीयाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान गरिएको थियो । पहिचान भएका सवैलाई सदरमुकाम कुश्मामा रहेको प्रदेश अस्पतालमा बोलाएर निशुल्क शल्यक्रिया गरिएको लायन्स क्लवका पुर्व डिस्ट्रिक्ट चिफ एडमिनिस्टर बसन्तकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । लामो समयदेखि आँखा नदेख्ने समस्या बोकेका बृद्धबृद्धाहरुले नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त गरेका थिए ।

मोतीयाविन्दुका बिरामीको शल्यक्रिायका लागि कतिपय वडाले निशुल्क सवारीसाधनको व्यवस्था गरेका थिए । जिल्लाका सातवटै स्थानीय तहमा यस अघि स्क्रिनिङ शिविर संचालन गरिएको थियो

[sidebar name="After post"]